spot_img
Wednesday, May 8, 2024
Homeबजारबाँकेमा मृगौला दिवस मनाइयो

बाँकेमा मृगौला दिवस मनाइयो

spot_img

बाँकेमा पहिलो पटक मृगौला दिवस मनाइएको छ । विश्व समुदायमा नसर्ने रोगको जोखिम बढिरहेको बेला सचेतनाका लागि विभिन्न दिवस मनाउने क्रममा आज विहिबार विश्व मृगौला दिवस मनाइएको हो । विश्व मृगौला दिवसका उपलक्ष्यमा नेपालगंज उपमहानगरपालिकाका मेयर प्रशान्त विष्टले स्वास्थ्य नै धन भएको हुदाँ मृगौलालाई स्वास्थ्य राख्नु प्रत्येक व्यक्तिको जिम्मेवारी हुने बताउँदै भने “पछिल्लो समय मृगौलाका कारण अधिकांश मानिसहरुले आफ्नो जिवन गुमाई राख्नु परेको छ,मृगौलाको रोगीको आफ्नो व्यक्तिगत जिवनमा मात्रै नभै पारिवारिक रुपमा नै समस्या परेको छ अतः मृगौलालाई स्वास्थ्य राख्नु भनेको धन पैसा कमाउनु जस्तै हो ।”
यसैगरी नेपालगंज उपमहानगरपालिकाका स्वास्थ्य शाखा प्रमुख रामबहादुर चन्दले विश्वमा मृगौला पिडितको संख्यामा बढ्दै गएको हुदाँ मृगौला स्वास्थ्य राख्ने विषयमा सबैको ध्यान जानु पर्ने बताए । यसैगरी भेरी अस्पताल नेपालगंजका मृगौला रोग विशेषज्ञ डा.सौरभ सिंह हमालले मृगौला रोगको उपचारका रगत,पिसाव र भिडियो एक्सरे जाँच गर्नु हुने हुदाँ विश्वमा मृत्युको आठौ कारणको रुपमा पर्ने मृगौला रोगलाई सचेतना मार्फत रोक्न सकिने बताए । यसैगरी नेपालगंजमा उपमहानगरपालिकाको आयोजनामा बाँकेको नेपालगंजमा पहिलो पटक नसर्ने तर निकै गम्भिर रोगको रुपमा रहेको मृगौलालाई कसरी स्वास्थ्य राख्न सकिन्छ भन्ने उदेश्यका साथ विश्व मृगौला दिवस मनाउन लागिएको नेपालगंज उपमहानगरपालिकाका स्वाथ्य शाखाका जागेश्वर बस्नेतले जानकारी दिए ।
लक्ष्मी सरस्वती पोलिक्लिनिकको सहकार्यमा आयोजित कार्यक्रममा भेरी अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा.पवन रायमाझी ,बाँकेका प्रहरी प्रमुख सुभाष चन्द्र बोहरा लगायतले आफ्ना भनाईहरु राखेको थिए । नेपालगंज उपमहानगरपालिकाबाट सुरु भएको प्रभातफेरी सुर्खेत रोड स्थित गणेशमान चोकमा गएर समापन भएको थियो ।

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
सिफारिस
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here