spot_img
Monday, May 20, 2024
Homeब्यानरबाँकेमा थपिदै कोराना संक्रमित,शनिबार दुईको मृत्यु

बाँकेमा थपिदै कोराना संक्रमित,शनिबार दुईको मृत्यु

spot_img

बाँकेमा पछिल्लो २४ घण्टामा थप ८ जनामा भाइरस संक्रमण पुष्टि भएको छ । तीन वटा प्रयोगशालामा ३० नमुना परीक्षण गर्दा ८ जनामा भाइरस संक्रमण पुष्टि भएको हो । जसमध्ये ४ जना बाँकेका रहेका छन भने बाँकी ४ जना बाहिरी जिल्लाका रहेका छन । भेरी अस्पतालमा ३० नमूना परिक्षण गर्दा ७ जना र बागेश्वरी ल्यावमा १४ नमूना परिक्षण गर्दा १ जनामा कोरोना संक्रमण पुष्टि भएको जिल्ला कोभिड–१९ व्यवस्थापन केन्द बाँकेका फोकल व्यक्ति तेज वलीले जानकारी दिनु भएको छ । वलीका अनुसार नेपालगञ्ज मेडिकल कलेज कोहलपुरमा २९ जनाको नमुना परीक्षण गर्दा कसैलाई पनि कोरोना संक्रमण देखिएन । बाँके जिल्लामा हालसम्म ९५ हजार ६२८ नमुना परीक्षण गर्दा १८ हजार १ सय ३१ जनामा संक्रमण पोजेटिभ देखिएको छ । यसैबिच पछिल्लो २४ घण्टामा बाँकेबाट ११ जना डिस्चार्ज भएका छन् । शनिबार ७ महिला र ४ पुरुष डिस्चार्ज भएसँगै बाँकेमा कोरोना संक्रमणमुक्त हुँदै डिस्चार्ज हुनेको सँख्या १७ हजार ७४६ पुगेको छ । शनिबार कोरोना भाइरस संक्रमणका कारण दुई जनाको मृत्यु भएको छ । नेपालगन्ज स्थित भेरी अस्पतालमा उपचारका क्रममा पुनर्बास नगरपालिका ५ कञ्चनपुरका ५८ वर्षीया महिलाको मृत्यु भएको फोकल पर्सन ओलीले जानकारी दिनु भएको छ। साथै भेरी अस्पतालमै उपचारत खजुरा गाउँपालिका २ बाँकेका ६० वर्षीया महिलाको समेत मृत्यु भएको छ । यो सँगै कोरोना संक्रमणका कारण जिल्लाभित्रका ३३१ जनाले ज्यान गुमाएका छन भने अन्यत्र जिल्लाबाट उपचारकालागि बाँके आएका ४१२ जनाको समेत मृत्यु भएको छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
सिफारिस
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here