spot_img
Wednesday, May 8, 2024
Homeब्यानरबाँकेमा एसईई अमर्यादित गराउन खोज्ने पाँच पक्राउ

बाँकेमा एसईई अमर्यादित गराउन खोज्ने पाँच पक्राउ

spot_img

बाँकेको नेपालगंजमा प्रविधिको दुरुपयोग गरी एसईईको प्रश्नपत्र आउट गर्ने पाँच जनालाई पक्राउ गरीएको छ । एसईई सुरु भएदेखि नै देशका विभिन्न स्थानहरुमा परीक्षा अमर्यादित हुदै आएको सामाजिक सञ्जालमा देखिएको अवस्थामा बाँकेको नेपालगंजमा प्रविधिको नै दु्रुपयोग गरेको पाइएको हो ।बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवण कुमार पाखरेलले मंगलबार विहान एसईई परीक्षामा प्रश्नपत्र आउट गरेर उत्तर पठाउने गिरोहको नेटवर्क ध्वत हुने जानकारी गराएका थिए । प्रमुख जिल्ला अधिकारी पोखरेलले दिनभर अनुसन्धान पछि प्रहरीले पाँच जनालाई नियन्त्रणमा लिएर थप अनुसन्धान अगाडि बढाएको जानकारी दिएका छन् ।
पक्राउ पर्नेमा लोटस इङ्गलिस मिडियम हाई स्कुलका प्रिन्सिपल तपन शर्मा र सोही बिद्यालयका पार्टटाइम शिक्षक अलताफ खान, एउटा कन्सल्टेन्सीका सञ्चालक इरफान अली मिकरानी तथा दिलिप विक र सन्तोष नेपाली रहेको जिल्ला प्रशासन कार्यालय बाँकेले जानकारी दिएको छ । कन्सल्टेन्सीमा कार्यरत एक कर्मचारीलाई भने सोधपुछ पछि प्रहरीले छाडेको छ ।बाँकेका प्रमुख जिल्ला अधिकारी पोखरेलले उनीहरु विरुद्ध अनुसन्धानपछि प्रहरीले मुद्दा तय गर्ने बताए ।परिक्षालाइ मर्यादित बनाउन ज्ञानोदय विद्या निकेतन केन्द्रका केन्द्राध्यक्ष सहितको टिमलाई परिवर्तन गरिएको प्रजिअ पोखरेलले बताए ।

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
सिफारिस
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here