spot_img
Thursday, May 9, 2024
Homeकृषिबाँकेमा अत्याधुनिक कोल्ड स्टोर बन्दै

बाँकेमा अत्याधुनिक कोल्ड स्टोर बन्दै

spot_img

बाँके जिल्लाको डुडुवा गाउँपालिका–६ हिरिमिनियामा अत्याधुनिक कोल्ड स्टोर बन्ने भएको छ । गाउँपालिका दोस्रो ठुलो योजनाको रुपमा रहेको कोल्ड स्टोर गाउँपालिका प्रमुख नरेन्द्र कुमार चौधरीले शिलन्यास सगै स्टोर बन्ने भएको हो । निर्माण थालनी गरीएको कोल्ड स्टोरको क्षमता ७०० मेट्रिक टन हुने छ ।भवन शिल्लान्यासको क्रममा गाउँपालिका अध्यक्ष चौधरीले आलुको पकेट क्षेत्र मानिएको हिरिमिनियाका कृषकले उत्पादन गरेको तरकारी तथा फलफुल भण्डारणमा सहयोग पुग्ने बताए । अध्यक्ष चौधरीले आलु लगायतका तरकारी र फलफुल भण्डारण गर्नका लागि डुडुवाका किसानलाई विशेष फाइदा भएपछि कृषि उत्पादनमा बृद्धि तथा बजारीकरणको सम्भावना अझै बढ्ने बताए ।
अध्यक्ष चौधरीले गाउँपालिकाको दोस्रो वर्षको योजनामा परेको यो योजनालाई अहिले कार्यन्वयनमा ल्याउदा किसानका समस्या समाधान हुनेमा विश्वास व्यक्त गरे ।
करिब १३ कठ्ठा जग्गामा निमार्ण हुन लागेको अत्याधुनिक प्रविधी मल्टीप्रपोजको लागत रु ६ करोड, ७ लाख ५४ हजार २१२ रहेको छ । कोल्डस्टोरेजसंगै, प्रशासनिक कार्यालय भवन, गेष्ट हाउस, शौचालय, वाउण्ड्री वाल, प्रार्किङको निमार्ण गरिने गाउँपालिकाका इन्जिनियर प्रकाश शाहीले बताए ।

कोल्डस्टोरेजको निमार्णपछि गाउँपालिकाका किसानसंगै जिल्लाका अन्य किसानलाई पनि राहत पुग्ने विश्वास गरीएको छ । १८ महिनाको अवधीमा निमार्ण सम्पन्न गर्ने गरि काठमाण्डौस्थित पारामाउण्ट नेचुरल जेवी निमार्ण कम्पनीले ठेक्का लिएको इन्जिनियर सुरेन्द्र बर्माले बताए ।उनका अनुसार ६ महिना लगाएर योजनाको अत्याधुनिक डिपीआर तयार गरिएको हो । गाउँपालिकाको पहिलो ठुलो योजना गाउँपालिकाको प्रशासनिक भवन रहेको छ । उक्त भवन अहिले निमार्णधिन रहेको र हालसम्म करिब ८० प्रतिशत निमार्ण सकिएको जनाइएको छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
सिफारिस
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here