spot_img
Thursday, May 9, 2024
Homeबजारबाँकेको मधेस मिडियाले मनायो होली शुभकामना कार्यक्रम

बाँकेको मधेस मिडियाले मनायो होली शुभकामना कार्यक्रम

spot_img

बाँके शाखामा रहेको मधेश मिडिया नेपालले हिन्दुहरुको रंगहरुको पर्व होलीको उपलक्ष्यमा होली शुभकामना कार्यक्रम सम्पन्न गरेको छ । शनिबार बाँके जिल्ला नेपालगंजमा रहेको स्थानिय पर्यटकीय हडिया बाबा आश्रममा राष्ट्रिय स्वतन्त्र पार्टिकी नेतृ तथा संघिय सांसद लक्ष्मी तिवारीको प्रमुख आतिथ्यमा सम्पन्न गरेको हो । कार्यक्रममा होलीको उपलक्ष्यमा शुभकामना दिन पुगेकी नेतृ तिवारीले हडिया बाबा आश्रममा रहेका समस्याहरुलाई समाधान गर्ने प्रतिवद्धता व्यक्त् गरेकी हुन । मधेश मिडिया मिसन नेपाल बाँके शाखाका अध्यक्ष चन्द्रेश्वरराज त्रिपाठिको सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा अवधी सांस्कृतिक प्रतिष्ठानका संस्थापक अध्यक्ष विष्णुलाल कुमालले होली पर्वको महत्वका बारेमा बताएका थिए ।यसैगरी विशिष्ट अतिथिका रुपमा रहेका भेरी अस्पताल विकास समितिका अध्यक्ष विरेन्द्र बहादुर शाहले होली पर्वलाई हर्षउल्लासका साथ मनाउनु पर्नेमा पछिल्लो समय मानिसको स्वास्थ्यमा समस्या आउने प्रकारका रंगहरु प्रयोग हुने हुदाँ यस्ता विषयमा हाम्रो समाज सचेत र सजह रहनु पर्ने बताए । यसैगरी चौतारी नेपाल बाँकेका अध्यक्ष दुर्गा रोकायले होलीलाई रंगहरुको पर्वका रुपमा लिनु पर्ने र यसमा सबैको सहभागी हुनु पर्ने बताए ।कार्यक्रममा अवधी विषयका जानकार पण्डित शिव प्रसाद पाठकले होली पर्व सद्भावको पर्व भएको हुदाँ सबैले यसलाई खुशीका साथ मनाउने पर्ने विषयमा जोड दिएका थिए ।यसैगरी कार्यक्रममा होलीको शुभकामना दिने क्रममा हाडिया बाबा आश्रमका समस्याका विषयमा हाडिया बाबा आश्रम व्यवस्थापन समितिका अध्यक्ष नन्दलाल वैश्य र हनुमान चालिसा समितिका सदस्य दिलीप रेग्मीले बताएका थिए । कार्यक्रममा समाजसेवी माधवराम बर्मा,अधिवक्त विश्वजीत तिवारी लगायतले शुभकामनामा मन्तव्य राखेको थिए ।यसैगरी कार्यक्रममा पत्रकार तथा खेलकुद परिषद लुम्बिनी प्रदेश सदस्य नरेन्द्र थापा,पे्रस युनियन बाँकेका पुर्व अध्यक्ष अर्जुन ओली लगायतको सहभागिता रहेको थियो ।मधेश मिडिया मिसन नेपाल बाँके शाखाका सचिव सन्ध्या शर्माले सहजीकरण गरेको कार्यक्रममा स्वागत मन्तव्य शाखा उपाध्यक्ष मनोज कौशलले गरेका थिए ।

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
सिफारिस
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here