spot_img
Wednesday, May 8, 2024
Homeब्यानरबाँकेको डुडुवा गाँउपालिका कार्यपालिकाको बैठक बहिस्कार

बाँकेको डुडुवा गाँउपालिका कार्यपालिकाको बैठक बहिस्कार

spot_img

बाँके जिल्ला डुडुवा गाउँपालिकाको बैठक सोमबार कार्यपालिका सदस्यहरुद्धारा बहिस्कार गरेका छन ।कार्यपालिकामा मुख्य एजेण्डाहरु स्पष्ट नभै बैठक सुरु गरेको भन्दै कार्यपालिका सदस्यहरु बाहिरीएको डुडुवा गाउँपालिका–६ का वडा अध्यक्ष तथा कार्यपालिका सदस्य मोहन राम मिश्रले जनाकारी गराए । सदस्य मिश्रले सम्पन्न स्थानिय तहको निर्वाचन पश्चात अल्पमतमा परेको प्रमुख नरेन्द्र कुमार चौधरीले कार्यपालिका सदस्यसंग पालिका संचालन सम्बन्धि सल्लाह सुझाव नलिएरै एकलौटी रुपमा बैठक संचालन गर्न खोजेको आरोप लगाए ।कार्यपालिकाको जेष्ठ ३१ गते बसेको प्रथम बैठकले ऐन,कानुन,आन्तरीक गाउापालिका संचालन ऐन,के कस्तो हुने भन्ने विषयमा तीन दिन भित्र कार्यपालिका सदस्यलाई उपलब्ध गराउने भनिएको भएता पनि पालिकाले उपलब्ध गराउन नसकेकोमा आपत्ति रहेको सदस्य मिश्रले बताए ।
यस डुडुवा गाउँपालिका वडा नम्बर ५ का वडाध्यक्ष झंक बहादुर थापाले गाउँपालिका प्रमुखले आफ्ना कुराहरु सुन्न चाहेको भएता पनि राम्रा एजेण्डाहरुको आफुहरुको सधैव साथ रहने र कार्यान्वयनमा सहयोग हुने बताए ।बैठकका लागि तीन दिन पहिला नै परिपत्र गर्नुपर्नेमा डुडुवा गाउँपालिकामा त्यसो हुन नसक्दा निकै अप्ठारो महसुुस भएको कार्यापालिका सदस्य सम्सुद्धिन सल्मानी बताउँछन ।गाउँ कार्यपालिकाको सदस्यको सहमतिमा केही एजेण्डा बनाएको र गाउँपालिका अन्तरगतका सबै कर्मचारीहरुको विवरण र पालिकाको उपकरणका विषयमा एजेण्डा बनाएर गएका निरास भएर फर्किनु परेको सल्मानीले बताए ।
कुनै पनि एजेण्डामाथि छलफल गरीदा अधिकांश सदस्यहरुको सहमति हुनु पर्दछ तर डुडुवा गाउँपालिामा यसो हुन सकेको छैन ।नेपाली कांग्रेसबाट गाउँपालिका प्रमुख अल्पमतमा छन भने एमाले र जसपा गठबन्धनको बहुमत रहेको छ ।एजेण्डाको लडाईले जनताका आशहरु बालुवामा पानी हुने हो कि भन्ने आशंका उठ्न थालेको पाइन्छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
सिफारिस
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here