spot_img
Wednesday, May 8, 2024
Homeबजारबजार अनुगमनको विषयमा अन्तक्रिया गरीने

बजार अनुगमनको विषयमा अन्तक्रिया गरीने

spot_img

पछिल्लो समय बाँकेमा खाद्य अधिकारको विषयमा विभिन्न सवाल तथा पैरवी गर्दै आएको खाद्य अधिकार संजाल बाँकेले खाद्य अधिकारका विषयमा भएका बजार अनुगमनको विषयमा अन्तरक्रिया गर्ने भएको छ । सोमबार संजालका अध्यक्ष घनश्याम आचार्यको सभापतित्वमा बसेको बैठकले सो निर्णय गरेको हो ।
बाँकेका मुख्य शहरहरु नेपालगंज,कोहलपुर र खजुरा क्षेत्रमा विभिन्न निकायहरुले गरेको अनुगमनमा विभिन्न खाद्यन्न पसल लगायतका क्षेत्रमा अखाद्य वस्तु विक्रि वितरण गरीएका सुचना बाहिरियको विषयमा संजालको रहेको बैठकमा बताइएको छ । “एकातिर अखाद्य वस्तु विक्रीवितरण कार्य नरोकिने र अर्को तर्फ सरकारी निकायले कारबाही गरीनै रहने प्रक्रिया प्रति हाम्रो चासो रहेको हो” संजालका अध्यक्ष आचार्यले बताए । बैठकले व्यवसायी हितका बाटोलाई पहिचान गर्दै कारबाही भन्दा पनि जिम्मेवार बनाउने पर्ने प्रति सबैको ध्यान जानु पर्ने बताएको छ । यसैगरी संजालकै अग्रसरतामा चैत्र २८ गते विभिन्न सरोकारवाल निकायहरुसँगको समन्वयमा स्थानिय प्रशासन लगायत निकायसँग अन्तरक्रिया कार्यक्रम गर्ने समेत कार्यक्रम रहेको संजालका सचिव पतिराम थारुले जानकारी दिए ।
यसैगरी खाद्य अधिकारका सम्बन्धमा काम गर्दै आएको संस्था फियान नेपालका संयोजक सुरेश कुमार गौतमले स्थानिय प्रशासन लगायका सरोकारवाला निकायहरु खाद्य अधिकारको विषयमा गम्भिर हुनु पर्ने बताउँदै भने,“हामीले सबै सरोकारवाला निकाय खासगरी जनतासँगको प्रत्येक्ष सरोकार राख्ने संस्था जस्तो स्थानिय तह,जिल्ला प्रशासन कार्यालय लगायतका निकायलाई यस विषयमा छलफल गर्ने गरेको हो तर हुनुपर्ने जती हो भएको देखिदैन ।” बैठकमा संजाल कोषाध्यक्ष रिता लक्ष्मी आचार्य,अधिवक्ता वसन्त गौतम,मानव अधिकार अभियान्त प्रभातसिंह ठकुरी,पत्रकारद्धय मधु पौडेल र जिएम यादव,इन्रुडेक कार्यसमिति सदस्य जानकी माझी,स्थानिय महिला प्रतिनिधि शुशिला कठायत लगायतको उपस्थिति रहेको थियो ।

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
सिफारिस
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here