spot_img
Monday, May 20, 2024
Homeब्यानरप्रेस युनियनमा संस्थापन र इतर पक्ष प्यानलसहित भिड्दै

प्रेस युनियनमा संस्थापन र इतर पक्ष प्यानलसहित भिड्दै

spot_img

नेपाल प्रेस युनियनको ९ औं राष्ट्रिय महाधिवेशनमा संस्थापन र इतर पक्षबीच कडा प्रतिस्पर्धा हुने भएको छ ।
प्रधानमन्त्रीसमेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले उद्घाटन गर्ने सो महाधिवेशनमा दुवै पक्षले प्यानल नै खडा गरेर मैदानमा उत्रेपछि कडा प्रतिस्पर्धा हुन लागेको हो ।झन्डै ८ वर्षपछि हुन लागेको महाधिवेशनमा भाग लिनका लागि प्रतिनिधिहरू हेटौँडा आइपुगेका छन । देशभरका १६३० प्रतिनिधिले आगामी तीन वर्षका लागि नयाँ नेतृत्व चयन गर्नेछन ।नेपाली कांग्रेसको शुभेच्छक संस्था प्रेस युनियनको भावी नेतृत्वका लागि संस्थापन पक्षवाट सभापतिमा अनिता बिन्दु र संस्थापनइतर पक्षवाट शिव लम्सालले आ–आफनो दाबेदारी प्रस्तुत गरेका छन ।महाधिवेशनमा संस्थापन पक्षवाट वरिष्ठ उपाध्यक्षमा सरोज अधिकारी र संस्थापनइतर समूहवाट प्रेम केसीले उम्मेदवारी घोषणा गरेका छन् भने खुल्ला उपाध्यक्षका लागि भिष्मराज ओझा र शेखर रेग्मीले चुनावी मैदानमा उत्रने घोषणा गरेका छन् ।उता, संस्थापन पक्षवाट महिला उपाध्यक्षमा कल्पना शर्मा र इतर समूहबाट सलोजा दाहालबीच प्रतिस्पर्धा हुने देखिएको छ भने महासचिवमा संस्थापन पक्षवाट जगन्नाथ दुलाल र इतर समूहवाट दीलिप पौडेल मैदानमा छन् ।संस्थापन पक्षका उपमहासचिवका उम्मेदवार केशव साउँद र इतर समूहबाट विष्णु क्षेत्री रहेका छन् । संस्थापन पक्षले कोषाध्यक्षमा माधव धितालले उम्मेदवार खडा गरेको छ भने उनीसँग रमेश वाग्ले प्रतिस्पर्धामा छन् ।केन्द्रीय उपाध्यक्ष सुदूरपश्चिमका लागि हरिश भट्टलगायत छन् भने महिला उपमहासचिवमा कुसुम विक, दिलिपाश्री अधिकारीले उम्मेदवारी घोषणा गरेका छन् ।यसैगरी, खुल्ला सचिवका लागि खगेन्द्र भण्डारी, तीर्थराज बस्नेत, लोकेन्द्र भट्ट, पदम अधिकारीलगायत मैदानमा उत्रेका छन् भने महिला सचिवमा मेनुका भट्टलगायत उम्मेदवारी घोषणा गरेर प्रतिनिधिसँग मत मागिरहेका छन् ।लेखा समिति संयोजकमा पदमराज जोशीलगायतले उम्मेदवारी घोषणा गरेका छन् । केन्द्रीय सदस्यमा कृष्ण पहाडी, सरिता खनाललगायत दर्जनौंको दाबी छ ।
सुदुर पत्र

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
सिफारिस
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here