spot_img
Thursday, May 2, 2024
Homeखेलकुदप्रशान्त श्रेष्ठको अध्यक्षतामा बाँके टेबल टेनिस संघ

प्रशान्त श्रेष्ठको अध्यक्षतामा बाँके टेबल टेनिस संघ

spot_img

बाँके जिल्ला टेबल टेनिस संघको अध्यक्षमा प्रशान्त श्रेष्ठ पुनःनिर्बाचित भएका छन।सोमवार नेपालगन्जस्थित गोल्डेन एबीसी स्कुलमा सम्पन्न संघको साधारणसभाबाट श्रेष्ठको नेतृत्वमा ११ सदस्यीय कार्यसमिती निर्बिरोध चयन भएको हो। कार्यसमितीको उपाध्यक्षमा अरुण बिक्रम शाह र गौतम सिंह परियार रहेका छन। त्यसैगरी सचिवमा भुमण्डल प्रकाश श्रेष्ठ र कोषाध्यक्षमा नितु गुरुङ चयन भएका छन। संघको सदस्यमा बिकास बहादुर सिंह, बिकास राजभण्डारी, पुर्ण कुमारी थापा, युवराज कोइराला, नरेश यादव, अब्दुल अजिज बागवान रहेका छन। संघको आजै बसेको पहिलो बैठकले धन्यवादज्ञापन, प्रदेश प्रतिनिधि चयन र सल्लाहकार मनोनयन समेत गरेको छ। आगामी पुस १५ गते हुने संघको प्रदेश अधिबेशनको लागि प्रशान्त श्रेष्ठ, बिकास बहादुर सिंह र अरुण बिक्रम शाहलाई प्रतिनिधि चयन गरिएको छ भने सल्लाहकारमा सुभाष सिंह श्रेष्ठ र जितेन्द्र बहादुर हमाललाई मनोनित गरिएको अध्यक्ष श्रेष्ठले जानकारी दिए। त्यसैगरी संघको बाँकी रहेको दुईजना सदस्य जिल्ला खेलकुद बिकास समिती बाँकेले मनोनयन गर्नेछ। यसअघि श्रेष्ठको अध्यक्षतामा भएको उदघाटन कार्यक्रममा प्रमुख अतिथी लुम्बिनी प्रदेशका पुर्ब मन्त्री एवम ओलम्पियन सुरेन्द्र बहादुर हमालले दीप प्रज्वलन गरि साधारणसभाको उदघाटन गरेका थियो। कार्यक्रममा लुम्बिनी प्रदेश खेलकुद परिषदका सदस्य नरेन्द्र थापा, बाँके जिल्ला खेलकुद बिकास समितीका सदस्य रन्जित सिंह सिजापती, बुद्धिचाल महासंघका केन्द्रिय सदस्य प्रतिमा महत लगायतले शुभकामना मन्तब्य राखेका थियो।

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
सिफारिस
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here