spot_img
Sunday, June 21, 2026
Homeखेलकुदप्रदेश मन्त्री यादवद्धारा नेपालगंजका खेलकुद सरचनाहरुको निरिक्षण

प्रदेश मन्त्री यादवद्धारा नेपालगंजका खेलकुद सरचनाहरुको निरिक्षण

spot_img

लुम्बिनी प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री भण्डारीलाल यादवले साबिक मध्यपश्चिमांचल क्षेत्रीय खेलकुद बिकास समिती नेपालगन्ज अन्तरगत रहेको नेपालगन्ज रंगशालालगायतका खेलकुद संरचनाहरुको निरिक्षण तथा अनुगमन आइतबार गरेका छन ।मन्त्री भण्डारीले नेपालगन्ज रंगशाला परिसरभित्र रहेको पौडी पोखरी, कवर्ड हल, शुटिङ रेन्ज लगायतका खेलकुदका संरचनाहरुको निरिक्षण तथा अनुगमन गरेका हुन ।
सो क्रममा समितीका कार्यालय प्रमुख महेश चन्दले संरचनाहरुको संरक्षण, खेलकुदको अवस्था, समस्या र सम्भावनाका बारेमा जानकारी गराएका थिए । त्यसैगरी समितीका प्राबिधिक सल्लाहकार फरमान अली सिद्दिकी सोनुले खेलकुद क्षेत्र, स्थानीय पालिका तथा प्रदेश सरकार बीच सहि समन्वय हुन नसक्दा खेलकुदले गति लिन नसकेको बताए। लुम्बिनी प्रदेश खेलकुद परिषदका पूर्व सदस्य नरेन्द्र थापाले खेलकुद क्षेत्रको बिकासका लागि खेलाडी उत्पादन गर्न खेलाडी प्रतिभा खोज अभियान , प्रतियोगिताको निरन्तर आयोजना, खेल सामाग्रीको ब्यवस्थापन गर्न प्रदेश सरकारसँग पहल गरि दिन मन्त्री यादवलाई आग्रह गरे। मन्त्री यादवले बाँकेको खेल क्षेत्रको बिकास र संरक्षणका लागि आफुले सक्दो प्रयास गर्ने प्रतिबद्धता जनाए। मन्त्री यादवले यसको लागि आफ्नो संसदीय कोषबाट मात्र नभई खेलकुद मन्त्रालय र प्रदेश सरकारसँग समेत कुरा गर्ने बताएका छन ।

Author

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
सिफारिस
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here