spot_img
Thursday, May 9, 2024
Homeब्यानरप्रदेश मन्त्री खनालद्धारा अपरेशन सहितको प्रसुतिकेन्द्र सुरुवात गर्न निर्देशन

प्रदेश मन्त्री खनालद्धारा अपरेशन सहितको प्रसुतिकेन्द्र सुरुवात गर्न निर्देशन

spot_img

लुम्बिनी प्रदेश स्वास्थ्य मन्त्री माननीय राजु खनालद्धारा बाँकेको नरैनापुर गाउँपालिकाको आधारभुत अस्पतालमा अपरेशन सहितको बृहत प्रसुति सेवा विस्तार गर्न निर्देशन दिएका हुन । बुधबार प्रदेशका विभिन्न क्षेत्रमा रहेको अस्पतालहरुको अनुगमन तथा अवलोकनका लागि बाँके आएका मन्त्री खनालले बाँकेको नरैनापुरमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा सो कुरा बताएका हुन । मन्त्री खनालले यसै आर्थिक वर्ष २०८०/०८१ भित्र नै अपरेशन सहितको बृहत प्रसुति सेवा विस्तार सहित सेवा प्रदानको काम तत्काल गर्न उपस्थिति सरोवालहरुलाई निर्देशन दिएका हुन । बाँके जिल्लाको दुर्गम गाउँपालिका तथा बाँकेको सदरमुकाम नेपालगंजबाट ४० किलो मिटिरको दुरीमा रहेका कारण जटिल प्रकारका प्रसुतिहरुलाई आधारभुत अस्पताल मै अपरेशनद्धारा प्रसुति सेवा विस्तारका लागि लुम्बिनी प्रदेश सरकारबाट यसै आर्थिक वर्षमा रु ५०,००,००० (पचास लाख) बजेट विनियोजन गरिएको र थप रकम नरैनापुर स्थानिय तहको सहयोग तथा सहकार्यमा सेवा प्रदानका लागि औजार उपकरण तथा दक्ष जनशक्ति व्यवस्था तत्काल व्यवस्थापन गरी सेवा प्रदान गर्न समेत मन्त्री खनालले निर्देशन दिएका थिए ।कार्यक्रममा प्रदेश शहरी विकास मन्त्री कृष्णा केसी नमुनाले नरैनापुर क्षेत्रको विकासमा आफुहरु निरन्तर लागि रहेको र नरैनापुरको आधारभुत अस्पतालमा अपरेशन सहितको बृहत प्रसुति सेवा विस्तारमा प्रदेश सरकारबाट बजेट तथा अन्य कार्यक्रमका लागि पहल गर्ने बताईन ।नरैनापुर गाउँपालिका अध्यक्ष इत्सियाक अहमद शाहको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रदेश सभा सदस्य सञ्जु चौधरी,माया पुनः,शुशिला नेपाली,मिना सिद्धिकी बोहोरा,स्वास्थ्य मन्त्रालयका सचिव डाक्टर जनार्दन पन्थी,स्वास्थ्य निर्देशनालय निर्देशक डाक्टर बिनोद कुमार गिरी,भेरी अस्पताल विकास समितिका अध्यक्ष बिरेन्द्र बहादुर शाह,लुम्बिनी प्रदेश खेलकुद विकास समिति सदस्य नरेन्द्र थापा,बाँके जनस्वास्थ्यका नरेश बाबु श्रेष्ठ,नरैनापुर गाउँपालिका प्रेस सल्लाहकार अलम खान लगायतको उपस्थिति रहेको थियो ।

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
सिफारिस
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here