spot_img
Saturday, May 2, 2026
Homeखेलकुदप्रथम खुल्ला धम्बोझी ब्याडमिन्टन ः पहिलो दिन ९२ खेल, आइतबार फाइनल प्रतिस्पर्धा

प्रथम खुल्ला धम्बोझी ब्याडमिन्टन ः पहिलो दिन ९२ खेल, आइतबार फाइनल प्रतिस्पर्धा

spot_img


नेपालगन्ज । नेपालगन्ज संचालन भएको प्रथम खुल्ला धम्बोझी ब्याडमिन्टन प्रतियोगितामा पहिलो दिन करिब ९२ टिमबीच प्रतिस्पर्धा भएको छ ।
धम्बोझी ब्याडमिन्टन प्रशिक्षण केन्द्र वाटरपार्कको आयोजनामा शनिबारदेखि सुरु भएको दुई दिने प्रतियोगिताको पहिलो दिन भएको खेलहरुमध्ये पुरुष डबल्स बि लेभल, पुरुष डबल्स सि लेभल र अण्डर १५ पुरुष एकलतर्फका खेलहरु भएका हुन् ।
प्रतियोगिताका प्राविधिक संयोजक जयन्त श्रेष्ठका अनुसार पुरुष बि लेभलतर्फ विजन वली, जितेन्द्र पुन र अर्जुन बुढा तथा मुस्कान केसीबीच, त्यसैगरी परशुनारायण चौधरी, कमल क्षेत्री र सनिउल्ला राइनी तथा राजेश साउदबीच, यस्तै सि लेभलतर्फ दिपकराज बम, हिमाल बस्नेत र नरेश मल्ल तथा परशुनारायण चौधरीबीच, कुमार शन शाह, नरेश थापा र शिव शाह र सद्दाम शेषबीच सेमिफाइनलका खेलहरु हुने छन् ।
यस्तै अण्डर १५ पुरुष एकलतर्फ आदित्य चौधरी (कैलाली) र निश्चल अग्रहरी (कोहलपुर) बीच, यस चौधरी (कैलाली) र आशुतोष कशौधन (कोहलपुर)बीच, समिर अधिकारी (सुर्खेत) र बिराट बस्नेत (कोहलपुर)बीच र रवि घिमिरे (कोहलपुर) र बिपिन केसी (सुर्खेतबीच) क्वाटरफाइनलका खेलहरु हुने प्राविधिक संयोजक श्रेष्ठले जानकारी दिए ।
शनिबार नै भएको उद्घाटन खेलमा नेपालगन्ज उपमहानगरपालिकाका नगर प्रमुख प्रशान्त विष्टको टिम बिजयी भएको थियो । आयोजक प्रशिक्षण केन्द्रका अध्यक्ष जनार्दन रत्न मल्ल ठकुरी र वडाअध्यक्ष प्रमोद रिजालको टिमलाई नेपालगन्जका नगर प्रमुख बिष्ट र बाँके जिल्ला ब्याडमिन्टन संघका अध्यक्ष संजय थापाको टिमले पराजित गरेको थियो ।
प्रयिोगिता संचालनका लागि नेपालगन्ज उपमहानगरपालिका, नेपालगन्ज वडा नम्बर १ को कार्यालयले सहकार्य गरेका छन् भने नेपाल ब्याडमिन्टन संघ काठमाण्डौं र बाँके जिल्ला ब्याडमिन्टन संघ नेपालगन्जले प्राविधिक सहकार्य गरेको नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १ का वडा अध्यक्ष प्रमोद रिजालले बताए ।
आयोजक प्रशिक्षण केन्द्रका सदस्य इन्द्र रानाका अनुसार आइतबार नै सेमिफाइनल, क्वाटरफाइनल तथा फाइनल प्रतिस्पर्धा हुनेछ । प्रतियोगितामा पुरुष डबल्स भेट्रान्सतर्फ प्रथम हुनेले ३० हजार, द्वितीय हुनेले २० हजार र तृतीय हुनेले १०÷१० हजार, पुरुष डबल्स बी लेवल खुल्लातर्फ प्रथम हुनेले ४० हजार, द्वितीय हुनेले २५ हजार र तृतीय हुनेले १०÷१० हजार र पुरुष डबल्स सी लेबल जिल्लास्तरीयतर्फ प्रथम हुनेले २५ हजार, द्वितीय हुनेले १५ हजार र तृतीय हुनेले क्रमशः ८÷८ हजार पुरस्कार पाउने आयोजक केन्द्रका अध्यक्ष जनार्दन रत्न मल्ल ठकुरीले बताए ।

Author

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
सिफारिस
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here