आगामी भदौ १ गते हुने उद्योग वाणिज्यसंघको निर्वाचनमा प्रजातान्त्रिक उद्योगी व्यवसायी संघको तर्फबाट व्यवसायीक अगुवा सञ्जय थापालाई अध्यक्षको उम्मेदवारको रुपमा अगाडी सारेका छन ।
नेपालगन्ज उद्योग वाणिज्य संघको आगामी निर्वाचनका लागि आइतबार बाँकेको नेपालगंजमा बसेको प्रजातान्त्तिक उद्योगी व्यवसायी संघ बाँकेको बैठकले अध्यक्ष पदमा सञ्जय थापालाई उम्मेदवारको रुपमा उभाएको छ ।
संघले आगामी भदौ १ गते निर्वाचनको मिति घोषणा गर्ने तयारी गरिरहेका बेला प्रजातान्त्रिक उद्योगी व्यवसायी संघ बाँकेको बैठकले थापालाई उपस्थित सम्पुण पदाधिकारी ,सदस्यत तथा व्यवसाय शुभचिन्तकहरुले अध्यक्ष पदको उम्मेदवार बनाउने निर्णय गरेको हुन ।
बाँकेका पुराना तथा स्थानीय व्यवसायीका रूपमा परिचित थापा व्यवसायीमाझ लोकप्रिय मानिन्छन्। उनी प्रजातान्त्रिक उद्योगी व्यवसायी संघ बाँकेका वर्तमान अध्यक्ष तथा कम्प्युटर एसोसिएसन नेपाल ९क्यान० बाँकेका पूर्वअध्यक्ष हुन्।
शिक्षा, स्वास्थ्य तथा सामाजिक क्षेत्रमा समेत योगदान पुर्याउँदै आएका थापालाई बैठकमा उपस्थित व्यवसायीहरूको सर्वसम्मत सहमतिमा अध्यक्ष पदका लागि अगाडि सारिएको संघका सचिव हिमनाथ पौडेलले जानकारी दिए।
अध्यक्षबाहेक अन्य पदाधिकारी तथा सदस्यहरूको उम्मेदवारी भने केही दिनभित्र टुंगो लगाइने पौडेलले बताए।नेपालगन्ज उद्योग वाणिज्य संघको निर्वाचनमा अध्यक्षसहित कुल १७ जना निर्वाचित हुने व्यवस्था छ। प्रजातान्त्रिक प्यानलबाट अध्यक्ष पदका उम्मेदवारको टुंगो लागेसँगै नेपालगन्ज उद्योग वाणिज्य संघको आगामी निर्वाचनको चुनावी सरगर्मी थप बढ्ने देखिएको छ।
00
हामीसँग जोडिनुहोस्
सिफारिस











