spot_img
Saturday, April 27, 2024
Homeकला/साहित्यपूर्णकलाले दर्शक छमछमी नचाईन, १३ गतेदेखि महोत्सव निरन्तर चल्ने

पूर्णकलाले दर्शक छमछमी नचाईन, १३ गतेदेखि महोत्सव निरन्तर चल्ने

spot_img

नेपालगन्जको वाटरपार्कमा जारी सातौं प्रादेशिक महोत्सवको छैठौं दिन आईतबार गायिका पूर्णकला विसीले दर्शकलाई छमछमी नचाईन ।
गायिका पूर्णकलाले ‘दिल मेरो चोरी लग्यो पुलिस वालाले, बुटवल बजार तुल्सीपुर हुँदै जाउँला सल्यान’ लगायतका चर्चित गितहरु गाएर दर्शकलाई छमछमी नचाईन् ।
उनले आफ्नो सांगेतिक प्रस्तुती राख्दै गर्दा दर्शकदीर्घामा रहेका दर्शकहरुले हुटिङ्ग गर्दै गितसंगै ताल मिलाएर छमछमि नाचे ।
यस्तै मोडल निशु श्रीपालीले विभिन्न गितमा आफ्नो दमदार प्रस्तुती राख्दा दर्शकहरु प्रफुल्ल बने । महोत्सवमा दिनहुँ आयोजना हुने सांगेतिक कार्यक्रममा स्थानीय तथा राष्ट्रिय कलाकारहरुको बेजोड प्रस्तुती हुने गरेकोछ ।
सांगितिक कार्यक्रमले दर्शकको सहभागिता समेत बढाउँदै लगेकोछ । अन्य दिन भन्दा आईतबार पनि दर्शहरुको उल्लेख्य सहभागिता रह्यो ।
दिनहुँ स्थानीय तथा राष्ट्रिय चर्चित कलाकारको प्रस्तुती हेर्न आउने दर्शकको संख्या बढ्दै गएपछि दर्शकलाई थप रोमाञ्चित र व्यस्त बनाउन आयोजक लागि परेकोछ ।
आगामी चैत्र १८ गतेसम्म सञ्चालन हुने महोत्सवमा आज आईतबार चर्चित गायक प्रमोद खरेल तथा चर्चित गायिका एवम उद्घोषिका शोभा त्रिपाठीको उपस्थिती हुन सकेन । काठमाण्डौंबाट आउने जहाज मौसमका कारण डिले भएपछि कार्यक्रम उपस्थित हुन नसकेको आयोजकले जनाएकोछ ।
महासंघ बाँकेका खड्काका अनुसार महोत्सवमा १७५ स्टल प्रर्दशनीमा राखिएकोछ । जसमध्ये व्यवसायिकका ९०, घरेलुका ५०, प्रायोजकका ८, थारु गाउँका १२ र होटल सम्बन्धि १५ स्टल रहेकाछन् ।
महोत्सव अवलोकनका लागि टिकटको मूल्य १०० राखिएको छ । विद्यार्थीहरुका लागि ५० प्रतिशत छुटको व्यवस्था गरिएकोछ । साथै महोत्सवमा विहान १० बजेदेखि नै स्थानीय तथा राष्ट्रिय कलाकारको प्रस्तुती रहने गरेकोछ ।
नेपाल घरेलु तथा साना उद्योग महासंघ जिल्ला कार्यसमिति(महिला उद्यमी समिति )बाँकेको आयोजना, महासंघ नेपालगन्ज नगरसमितिको सह–आयोजक रहेको महोत्सवलाई मुख्य प्रायोजक होटल बाटिका, प्रायोजक नेपाल टेलिकम र संरक्षकमा नेपालगन्ज उपमहानगरपालिका रहेकोछ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
सिफारिस
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here