spot_img
Friday, May 29, 2026
Homeब्यानरपावरओए परियोजना हस्तारन्तरण कार्यक्रम सम्पन्न

पावरओए परियोजना हस्तारन्तरण कार्यक्रम सम्पन्न

spot_img

किशोरकिशोरी तथा युवाको सशक्तीकरण,मानसिक स्वास्थ्य ,शिक्षा,क्षमता विकास तथा सामाजिक उत्थानका क्षेत्रमा सञ्चालन हुदै आएको ‘किशोरकिशोर र युवाहरुका लागि कल्याण,सशक्तिकरण र लचिलोपनका मार्गहरु९पावरओय० परियोजना अन्तर्गत स्थानीय निकायसँग अनुभव आदानप्रदान तथा परियोजना हस्तान्तरण कार्यक्रम बुधबार सम्पन्न गरिएको छ । उक्त परियोजना सेभ द चिल्डे«नको सहयोग तथा सामाजिक विकास मञ्चको साझेदारीमा सञ्चालन हुदै आएको हो ।
कार्यक्रममा परियोजनाले सञ्चालन अवधिभर गरेका गतिविधि,उपलब्धि,सिकाई तथा आगामी चुनौतीबारे जानकारी आदानप्रदान गरिएको थियो । परियोजना मार्फत विशेषगरी १६ देखि २४ वर्ष उमेर समुहका किशोरकिशोरी तथा युवायुवती तथा १३ देखि १५ वर्ष उमेर समुहका बालबालिकालाई लक्षित गरी विभिन्न सशक्तीकरण मुलक कार्यक्रम सञ्चालन गरिएको जानकारी कार्यक्रम संयोजक बृजेश ठाकुरले जानकारी दिएका छन ।
परयोजना अन्तर्गत १२७ जना युवा उद्यमीले लघु उद्यम सम्बन्धी तालिम प्राप्त गरी विभिन्न व्यवसाय सञ्चालन गरिरहेको जानकार िकार्यक्रममा प्रस्तुत गरिएको थियो । सहभागीहरुले परियोजनाले युवामा आत्मनिर्भरता,आत्मविश्वास तथा उद्यमशीलता विकासमा महत्वपुर्ण योगदान पुर्याएको बताएका थिए । त्यसैगरी कार्यक्रममा थप सहयोगी दाताबाट शिक्षा क्षेत्रमा व्यक्तिगत रुपमा प्रत्येक वर्ष १२ हजार रुपैयाँका दरले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरिएको जानकारी समेत दिइएको थियो ।कार्यक्रममा सेभ द चिल्डे«न का कार्यक्रम व्यवस्थापक बाल मुकुन्द महत,कार्यक्रम संयोजक फुलकुमारी चौधरी,फिल्ड अफिसर सुमित्रा चौधरी,अधिकृत शानत चौधरी तथा कार्यक्रम संयोजक महेन्द्र चन्दको उपस्थिति रहेको थियो ।
यसैगरी सामाजिक विकास मञ्चका उपाध्यक्ष पार्वती घिमिरे,वरिष्ठ सल्लाहकार घनश्याम उपाध्याय लगायत परियोजना कर्मचारीहरुको सहभागिता रहेको थियो । कार्यक्रममा सहयोगी दाताहरु पोरवाल ज्वैलर्स,हाम्रो सेकुवा घर,सरदार डेन्टल आर्ट,चौलानी बुक एण्ड स्टेशनरी,भरोसा बहुउदेश्य सहकारी,र अनिस चिडिमारलाई सम्मान समेत गरीएको थियो ।यसैगरी नेपालगंज उपमहानगरपालिकाको तर्फबाट गोर्ख बहादुर थापा,कृष्णप्रसाद जोशी,आशा शाही तथा विभिन्न शाखाका प्रतिनिधिहरुको समेत सहभागिता रहेको कार्यक्रममा सहभागीहरुले स्थानीय तहसँगको सहकार्यले बालबालिका तथा युवाको समाजिक सहभागिता ,क्षमता अभिवृद्ध तथा आत्मनिर्भरता विकासमा सकारात्मक प्रभाव पारेको धारणा व्यक्त गरेका थिए ।कार्यक्रममा आगामी दिनमा यस्ता कार्यक्रमलाई स्थानीय सरकारले निरन्तरता दिनुपर्नेमा समेत जोड दिइएको थियो । सन् २०२१ जुलाई १ देखि सञ्चालनमा आएको उक्त परियोजना सन् २०२६ जुन ३० सम्म सञ्चालन हुने जनाइएको छ ।

Author

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
सिफारिस
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here