spot_img
Monday, May 20, 2024
Homeकृषिपानीले धान बाली डुबायो,खेतमा उम्रीन लागेको धान स्याहार्दै बाँकेका कृषक

पानीले धान बाली डुबायो,खेतमा उम्रीन लागेको धान स्याहार्दै बाँकेका कृषक

spot_img

सबैलाई दशै लागी रहेको बेला बाँकेका किसानलाई भने दशा लागेको छ । वर्ष दिनको लागि पेट पाल्ने बाली धान खेतमै उम्रीन सुरु भए पछि किसानलाई दशा लागेको हो ।किसानलाई सधैको पिरलो कहिले पानी परेन भनेर कहिले बाली भित्राउन नपाउँदै ठुलो वर्षातले बाली नोक्सानी गर्दा । बाँकेका कृषकहरुलाई अहिले यस्तै आवस्था आइ परेको छ । अन्य सबै दशैमा रमाइलो गरी रहेको भएता पनि बाँके डुडुवा गाउँपालिकाका कृषकहरु भने खेतमा बाली स्याहार गर्दै व्यस्त रहेको छन । प्रशस्त उत्पादनको आशामा धान बाली लगाएका कृषकहरुले अहिले वर्षातका कारण खेतमै डुवेर उम्रीन लागेको धान लाई दुखका साथ स्याहार गरी रहेका छन ।धान बाली लगाउने समयमा पानीको समस्या भोगेका बाँके डुडुवा गाउँपालिकाका कृषकहरु पर्वमा पनि खेतमा पानीमा डुबेर उम्रीएको धान सम्हाल्न परी रहेको डुडुवा गाउँपालिका–५ बेतानीका कृषक भगवती प्रसाद पाठक बताउँछन । उनी भन्छन,“सुरुमा पानी परेर त्यही समस्या भयो,धानमा बाला लागेर फल्ने बेलामा बढि पानी परेर खेतमै धान उम्रीन लागेको छ” ।

उम्रीन लागेको धानलाई थ्रेसरमा धान दाउदै डुडुवा बेतानीका कृषक

वर्षातको पानीको राम्रो निकास नहुदाँ आफुहरुले धान बालीमा ठुलो नोक्सान व्यहोर्नु परेको डुडुवाका कृषकहरुको गुनासो रहेको छ ।उनीहरु भएको धानलाई जती हुन्छ त्यही नै भित्राउने तरखरमा रहेका छन ।डुडुवा गाउँपालिका–४का फदलुराम कुम्हालले थोरै स्थानमा मात्रै नभएर आफ्नो १५ बढि विघामा रोपीएको धान पानीमा डुवेको बताए ।कुम्हाल भन्छन,“जति छ त्यही भित्राउनु पर्ने बाध्यता छ,अझै पनि घुडा भन्दा माथि पानी छ के गर्ने?” ।

पानी गर्दा उम्रीन लागेको धान

यता कृषी ज्ञान केन्द्रले भने उच्च वर्षाको कारणले गर्दा धानको बालीमा नोक्सानी भएको भन्दै समयमा नै कृषकहरुले धान बाली भित्राएमा ठुलो क्षती व्यहोर्न नपर्ने बताउँछ ।कृषी ज्ञान केन्द्र नेपालगंज बाँकेका प्रमुख सागर ढकाल भने,“पानीले धेरै प्रभाव पारे पनि छिटो भन्दा छिटो धान भित्राउन सके धेरै क्षती व्यहोर्नु पर्दैन ।”

बाँकेमा ३६हजार ५ सय हेक्टरमा धान खेती हुने गरेको छ । यो वर्ष रोपाई समय मै भएको थियो जसले गर्दा सन्तोषजनक मानिएको भएता पनि वर्षातले अधिकांश धान बाली खेतमै भिजेको छ । अघिल्ला वर्षहरुमा उत्पादीत धानबाटै विउ धान लगाउने कृषकहरुले अव भने विउ धानको लागि सरकारको मुख ताक्नु पर्ने देखिन्छ ।अतः यसका लागि तिनै तहको सरकारले धान विउ योजना ल्याउनु पर्ने आवश्यक छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
सिफारिस
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here