spot_img
Wednesday, May 8, 2024
Homeब्यानर“पश्चिम नेपालमा पहिलो पटक अवेक क्रेनियोटोमी गरी ब्रेन ट्युमर को सफल शल्यक्रिया”

“पश्चिम नेपालमा पहिलो पटक अवेक क्रेनियोटोमी गरी ब्रेन ट्युमर को सफल शल्यक्रिया”

spot_img

बाँकेको पुरानो निजी स्वास्थ्य प्रतिष्ठानको रुपमा रहेको नेपालगंज मेडिकल कलेज शिक्षण अस्पतालले पछिल्लो समय आफ्नो सेवाहरु बढाउँदै आएको पाइएको छ । कलेजले काठमाडौ अन्नपुर्ण न्युरो अस्पतालको सहकार्यमा न्युरोसाइन्स विभाग संचालन गरी सेवा प्रवाह गर्दै आएको छ । विभागले दिने सेवालाई लुम्बिनी प्रदेशका सबै जिल्लाहरु र अन्य कर्णली र सुदुर पश्चिम प्रदेशका बिरामीहरुले समेत सेवा लिइरहेको मेडिकल कलेजका प्रमुख डाक्टर सुरेश कुमार कनोडिया बताउँछन । २०५३ सालमा स्थापना भई सेवा दिदै आएको नेपालगंज मेडिकल कलेज शिक्षण अस्पतालका अनुसार कलेज शिक्षण अस्पताल मा एक हप्ता भित्रै दुई वटा अवेक क्रेनियोटोमी गरी ब्रेन ट्युमर को सफल शल्यक्रिया गरिएको छ,अवेक क्रेनियोटोमी ब्रेन ट्युमर शल्यक्रिया भनेको बिरामी लाई अर्धचेत अवस्थामा राखी मस्तिष्क मा भएको ट्युमर निकाल्ने एक प्रकार को शल्यक्रिया हो, यस शल्यक्रियामा, शल्यक्रिया को दौरान बिरामी लाई हात खुट्टा चलाउन लगाउँदै, आँखा देख्ने नदेख्ने हेर्न लगाउँदै र पुराना कुरा हरु सोद्धै शल्यक्रिया गर्ने गरिन्छ ,यो शल्यक्रियामा एनेस्थेसियोलोजिस्ट द्वारा बिरामी लाई यस्तो प्रकार को एनेस्थेसिया (औषधि) दिईन्छ, जसले गर्दा बिरामी लाई शल्यक्रिया का दौरान कुनै किसिमको को डर र दुखाइ महसुस हुँदैन।यसरी यस्तो प्रकारको सेवा लिनेमा नेपालगंज उपमहानगरपालिका वडा नं.११ बाँकेका बस्ने रेखा कश्यप रहेकी छिन उनलाई हात खुट्टा को गति ,बोली र स्मरणशक्ति बचाउनको लागि मस्तिष्कमा भएको ट्युमरको सफल शल्यक्रिया गरिएको थियो ।यसैगरी विरेन्द्रनगर–१ सुर्खेत बस्ने दिपा गौतमको हात खट्टाको गति र आँखाको दृष्टि जोगाउनका लागि दोस्रो अवेक क्रेनिययोटोमी गरी बे्रन टयुमरको सफ शल्य क्रिया गरीएको मेडिकल कलेजका उपनिर्देशक डा.नितेश कनोडिया ले जानकारी गराए ।उपनिर्देशक डा. कनोडियाका अनुसार हाल दुवै विरामीलाई खुशी पुर्वक अस्पतालबाट डिस्चार्ज गरी घर पठाइएको बताए ।
यस शल्यक्रियामा न्युरोसर्जरी विभागका डाक्टर मनिष कोलाक्षपति,डाक्टर निरज घिमिरे,डाक्टर सुबोध गौतम,डाक्टर उपमा शर्मा र एनेस्थेसिया विभागबाट डाक्टर नवीन कुमार रेग्मी ,डाक्टर कपिल पोखरेल लगायत अन्य कर्मचारीहरको संलग्नता रहेको अस्पतालले जानकारी दिएको छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
सिफारिस
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here