spot_img
Sunday, May 19, 2024
Homeब्यानरपर्यटन विकासको मेरुदण्ड होटल व्यवसाय

पर्यटन विकासको मेरुदण्ड होटल व्यवसाय

spot_img

होटल भन्नाले यसको खास परिभाषाको रुपलाई हेर्दा सुरुमा होटल भन्दा पनि धर्मशालाहरुको व्यवस्था रहेको थियो ।नेपालगंजका होटलको इतिहासलाई हेर्दा यो पुरानो शहरकेन्द्र भएको हुदाँ साना साना लगानीका होटलहरु सञ्चालन गरीएको थियो भने केही संख्यामा ठुला होटलहरु स्थापना भएका देखिन्छ । बाँके जिल्ला तथा नेपालगंजमा साना ,मझौला तथा ठुला होटल गरी करीव ३०००को हाराहारीमा रहेका छन ।त्यसो त होटलहरु खोल्ने र बन्द गर्नेको संख्या पनि भै नरहेको होइन ।होटलको इतिहाससंग नेपालगंजको विकासमा सहयोग गर्ने तत्वको रुपमा हामीले पर्यटनलाई पनि लिन सकिन्छ, होटल व्यवसायको आर्थिक ,सामाजिक विकासको केन्द्रको रुपमा हामीले पर्यटन संग पनि जोडेर हेर्नु पर्ने भएको हुदाँ नेपालगंजको होटल विकासको इतिहास क्रमिक रुपमा विकास तिर गइरहेको हामीले पाउछौ र जसले गर्दा आज नेपालगंजलाई होटलहरुको शहर भनेर चिनाउन सकिने अवस्था आएको छ । नेपालगंजका होटलको इतिहासिक विषेशता भनेको यहाँ जस्तो जुनु सुकै प्रकार वा स्तरको पाहुनाहरुलाई सेवा दिन सक्ने खालका होटलहरु हुनु हो ।

होटल व्यवासयीलाई एक प्रकारले नाफामुखी संस्थाको रुपमा हेरीने भएता पनि यसले सेवाको भावना बोकेको हुन्छ भन्ने कुरा सबैले बुझ्नु जरुरी रहेको छ । केन्द्रिय सरकार वा स्थानिय सरकार कही कतै बाट पनि होटल व्यवसायहरुलाई आफ्नोपनले हेरेको पाइदैन । होटलव्यवासयी भित्र रहेका विकृतीहरुलाई हटाउनु पर्दछ यो कुराका हामी कसैको पनि दुईमत नहोला तर होटल व्यवसायमा एउटाले गलत गरेको आधारमा सबैलाई एउटै नजरले हेर्नु पनि सायद न्याय सङगत मानिदैन होला । विगतमा भन्दा वर्तमान अवस्थामा होटल व्यवसायलाई हेर्ने दृष्टिकोणमा केही परिवर्तन आए पनि गरीने व्यवहारमा भने फरक आएको अझै महसुस भएको होटल व्यवसायीहरुले गरेका छैनन । होटलव्यवसायहरुको व्यवसायलाई निरन्तर तथा आर्थिक रुपमा सबल बनाउनका लागि स्थानिय सरकारले पनि विभिन्न होटलको विकासका कार्यक्रम बनाएर अगाडि बढ्नु पर्दछ । होटल व्यवसायीहरुलाई विभिन्न समस्याहरु रहेको पाइन्छ जसले गर्दा होटल व्यवसाय अगाडि बढाउने कि नबढाउने भन्ने देखीन्छ । होटल व्यवसायीहरुका विभिन्न समस्या रहेका छन ,नेपालगंजका ठुलो होटल बाहेक मध्यम र साना नब्बे प्रतिशत होटल व्यवसायहरुले घर भाडामा लिएर आफ्नो व्यवसाय चलाइरहेको पाइन्छ तर त्यसमा के कति घर भाडा तिर्ने भन्ने छैन मन परी रुपमा घर धनीहरुले भाडा लिने गरेको छन जसलाई होटल व्यवसायीहरुले विकल्प नहुदाँ तिर्न बाध्य भएका छन तर यसमा सरोकार निकाय मौन रहेको देखिन्छ । होटल व्यवासायहरुमा खासगरी साना तथा मध्यम खाले होटलहरुमा दक्ष कामदार नपाउने समस्या रहेको छ जसले गर्दा कामदारको अभावमा होटलहरु बन्द हुने अवस्था भएको देखीन्छ ।यसले नेपालगंजको विकासे भविष्यालाई कस्तो असर पर्दछ । दक्ष कामदार नभएका पनि होइनन तर उनीहहरुको आवश्यकता अनुसार पारिश्रमिक दिन नसकीरहेको अवस्था छ । सरकारले दक्षकामदारको खपतका लागि होटलहरुलाई उनीहरुको व्यवासायको आधारमा करको व्यवस्थामा केही सहुलित ,व्यवासीय गर्नका लागि सस्तो व्याजमा ऋण तथा कामदार एवं सञ्चालकहरुलाई तालिम लगाएतका विषयहरुमा ध्यान दिनु पर्ने देखीन्छ ।होटल व्यवसायीहरुलाई विद्युतिय सेवा लिए वापत केही सहुलियत तथा छुटै विद्युतिए लाइनको व्यवस्था गर्नु पर्ने देखीन्छ । होटलहरुको स्तरको आधारमा त्यस ठाउँको विकासको आधार ठम्याई हुन्छ भन्ने कुरा सबैल बुझ्नु पर्ने देखीन्छ । जति जति होटलहरुकको विकास हुन्छ त्यत्ति नै त्यस ठाउँको अन्य पुर्वाधारको विकास हुन सक्छ । सुरुसुरुमा होटल व्यवसायीको परिचयलाई लिएर विभिन्न टिका टिप्पणी पनि हुने गरेको पाइन्थ्यो ।होटल व्यसायीलाई सम्वोधन गर्ने विषयमा पनि निकै छलफल तथा अन्तरक्रिया हुने गरेको छ । वैदेशिक रोजगारी देखी लिएर विभिन्न अवसरहरुको सृजना होटल व्यवसायमा सम्वन्धीत हुदाँ नेपालगंजमा विभिन्न होटल व्यवस्थापन तथा यस संग सम्वन्धीत विषयहरुमा अध्यायन अध्यापन हुने गरेका पाइन्छ । नेपालगंज शहरको विकासको मुख्य द्धारको रुपमा रहेको होटल व्यवसायलाई विकासको मेरुदण्डको हो । पुरानै सोचमा हुर्की रहेको हाम्रो समाजले होटल व्यवसायलाई उहि होटलवलाको दर्जा दिएको पाइएता पनि केही मात्रमा अहिलेको अवस्थामा परिवर्तन भएको पाइन्छ र सोचमा परिवर्तन आउनु पनि पर्दछ । उसो त होटल व्यवसायीहरुले अप्रत्येक्ष रुपमा सामाजिक सेवा गर्दै आइरहेको विगतको अभ्यास भएता पनि अहिले आएर प्रत्येक्ष रुपमा सामाजिक सेवामा सहभागि भएको पाइन्छ । नेपालगंज नै त्यस्तो शहरको हो जसलाई होटलहरुको शहरको रुपमा चिनेको पाइन्छ अहिले पनि हरेक प्रकारका राष्ट्रिय अन्तराष्ट्रिय कार्यक्रमहरु गर्न र गराउन सकिने क्षमताका होटलहरुको विकास भएको पाइन्छ । नेपालगंज शहरको मुख्य विकासको पतवार भनेको होटल व्यवसाय हो भन्ने विषयलाई सबैले मनन तथा यसलाई व्याख्या गर्नु आजको आवश्यकता हो ।

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
सिफारिस
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here