spot_img
Thursday, May 9, 2024
Homeब्यानरपत्रकार सुर्यलाल यादव सम्मानित

पत्रकार सुर्यलाल यादव सम्मानित

spot_img

अवधी पत्रकारिता एवं साहित्यतर्फ अतुलनीय योगदान पु¥याएका पत्रकार सुर्यलाल यादवलाई सम्मानित भएका छन । लुम्बिनी प्रदेशको कपिलबस्तुमा सम्पन्न दोस्रो अन्तराष्ट्रिय अवधी सम्मेलन मार्फत अवधी समुदायको बिकास एवं साहित्य लगायत पत्रकारितामा अतुलनीय योगदान पुर्याएकोमा यादवलाई सम्मान गरिएको हो ।लुम्बिनी प्रदेश प्रमुख कुल प्रसाद केसीको उपास्थितिमा कपिलबस्तुको तौलिहवामा सम्पन्न सम्मेलनमा भाषा, साहित्य, कला र संस्कृतिको क्षेत्र अन्तर्गत पत्रकारिता तथा साहित्यको क्षेत्रमा अतुलनीय योगदानका कारण सम्मानित गरिएको हो ।
लुम्बिनी प्रदेशकी कानून, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री रमा घर्ति, शिक्षा तथा संस्कृति प्रवद्र्धन केन्द्र नेपालका अध्यक्ष रमेश शर्मा र अवधी सांस्कृतिक बिकास परिषद कपिलबस्तुका अध्यक्ष पशुपति मणि त्रिपाठीले यादवलाई सम्मान प्रदान गरेका थिए ।
कानून, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय एवं नेपाल संगित तथा नाट्य प्रज्ञा प्रतिष्ठानको आयोजना र शिक्षा तथा संस्कृति प्रवद्र्धन केन्द्र एवं अवधी सांस्कृतिक बिकास परिषद नेपालको संयोजकत्वमा उक्त सम्मेलन गरिएको थियो ।अवधी संस्कृति प्राचीनतम संस्कृति को नाराका साथ यही असार ४ र ५ गते तौलिहवाको तिलौराकोटमा दोस्रो अन्तराष्ट्रिय अवधी सम्मेलन आयोजना गरिएको थियो ।

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
सिफारिस
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here