spot_img
Monday, May 20, 2024
Homeबजारपत्रकार तथा खेलाडीलाई लायन्स बाँकेद्वारा सम्मान

पत्रकार तथा खेलाडीलाई लायन्स बाँकेद्वारा सम्मान

spot_img

लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ एनले आफ्नो सप्ताहव्यापी कार्यक्रम अन्तर्गत भारतको बिहार राज्यको बैशालीमा सार्क जर्नलिस्ट फोरम इन्टरनेशनलद्वारा युद्ध, शान्ति र मानवअधिकारू विषयमा आयोजित अन्तर्राष्ट्रिय शान्ति पुरस्कार -२०२४ बाट सम्मानित बाँके जिल्लाका पत्रकारहरु नेपाल पत्रकार महासंघ, लुम्बिनी प्रदेश कार्यसमिति सदस्य, सामुदायिक रेडियो प्रसारक संघ, बाँके जिल्ला अध्यक्ष, भेरी एफएमका डाइरेक्टर एवम् क्षेत्रीय सञ्चार स्रोत केन्द्रका प्रमुख मोहम्मद आरिफ अन्सारी, नेपाल टेलिभिजनका सम्वाददाता तथा सदरलाईन डटकम का प्रमुख रुद्र सुवेदी, गोरखापत्रका सम्वाददाता सिराज खान र गोविन्द शर्मा, बिष्णुप्रसाद बेलवासे तथा भारतको हैदराबादमा सम्पन्न १०ओैं विश्व स्ट्रेन्थिगलिफटिंग प्रतियोगिताका स्वर्ण पदक विजेता डाक्टर प्रतीक श्रेष्ठ र रजत पदक विजेता सन्तोषकाजी शाक्यलाई सम्मान गरेकोछ ।
कार्यक्रममा लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक्ट गभर्नर मुकुट ढकालले सम्मानित पत्रकारले अन्तर्राष्ट्रिय स्तरमा आफ्नो कलमको माध्यमबाट नेपालको नाम उच्च राख्नमा योग्दान पुर्याउनु भएकोमा हामी लायन्सहरु लगायत सम्पूर्ण नेपाली गौरवान्वित भएका छौं । यस्ता सम्मानले राष्ट्र र समाजकोलागि थप योग्दान दिने उर्जा प्राप्त हुनेमा दुईमत नरहेको धारणा राखेका थिए ।
कार्यक्रममा पौष २२ देखि २८सम्म सञ्चालन भएको १४५ ओैं सर्भिस वीक का गतिविधिका बारेमा प्रतिवेदन समेत प्रस्तुत गरिएको थियो । कार्यक्रमलाई सफल बनाउने सम्पूर्ण लायन्स क्लबहरुलाई पुरस्कृत गरिएको थियो ।
कार्यक्रममा लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक्ट गभर्नर मुकुट ढकाल, पूर्व डिष्ट्रिक्ट गभर्नर सेम शाक्य, सेकेण्ड भाईस डिष्ट्रिक्ट गभर्नर ज्ञानेन्द्र श्रेष्ठ, सचिव लायन उमा थापा मगर, कोषाध्यक्ष तेजप्रसाद अधिकारी, लायन शशी स्वाँर, लायन सञ्जय थापा, मधुसुदन शर्मा रिजाल, लायन कृष्णप्रसाद श्रेष्ठ लगायत लायन्स सम्बद्धहरुको सहभागिता रहेको थियो ।

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
सिफारिस
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here