spot_img
Thursday, May 2, 2024
Homeबजारपत्रकार गुप्तामाथि गरिएको दुब्र्यवहारको युनियन बाँके द्वारा भत्सर्ना

पत्रकार गुप्तामाथि गरिएको दुब्र्यवहारको युनियन बाँके द्वारा भत्सर्ना

spot_img

नेपाल प्रेस युनियन बाँकेका कार्यसमिति सदस्य तथा जी नेपाल फोर के टेभिजिजनका पत्रकार अभिषेक गुप्तामाथि भेरी अस्पताल नेपालगन्जका सुरक्षागार्डले दुव्र्यवहार गरेका छन् । उक्त घटनाको नेपाल प्रेस युनियन बाँके शाखाले आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

रिपोर्टिङको लागि आज दिउँसो २ः४२ बजे अस्पताल पुगेका पत्रकार गुप्ताले अस्पतालको फुटेजहरु खिच्ने क्रममा सुरक्षागार्डद्वारा क्यामेरा खोस्ने काम गरिएको बताएका छन् । आफूले पत्रकार हो भनेर परिचय दिँदा समेत सुरक्षागार्डले यस्ता पत्रकार धेरैलाई चिनेको छु भन्दै अनुमति वेगर फुटेज नलिन धम्की दिएको पनि पत्रकार गुप्ताले बताए ।

युनियनका सचिव भीष्म लोधद्वारा विहिबार जारी विज्ञप्तीमा पत्रकार गुप्तामाथि दुव्र्यवहार गर्ने सुरक्षागार्डमाथि अस्पताल प्रशासनले छानविन गरी कारवाही गर्न समेत माग गरिएको छ । विज्ञप्तीमा भनिएको छ, ‘अस्पतालको आइसीयू, प्रयोगशाला स्थल जस्तो संवेदनशील ठाउँमा रिपोर्टिङ गर्दा स्वभाविकरुपमा पत्रकारहरु संवेदनशील हुनैपर्छ । तर, अस्पताल बाहिरको दृष्य खिच्नमा समेत रोक लगाउँदै पत्रकारमाथि दुव्र्यवहार गरिनु दुःखद कुरा हो । ’यस्ता घटना दोहोरिन नदिन र पत्रकारहरुलाई निर्वाध रिपोर्टिङको वातावरण बनाउन युनियनले अस्पताल प्रशासनको ध्यानाकर्षण गराएको छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
सिफारिस
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here