spot_img
Saturday, May 4, 2024
Homeशिक्षानेपाल शिक्षक संघ नगर समितिको बैठकमा विवाद

नेपाल शिक्षक संघ नगर समितिको बैठकमा विवाद

spot_img

नेपाल शिक्षक संघ नगर समितिको बैठममा विवाद नेपाली कांग्रेस निकट नेपाल शिक्षक संघ बाँके नेपालगंजको बैठकमा विवाद उत्पन्न भएको छ । सोमबार नेपालगंजको रानीतलाव स्थित महेन्द्र माध्यामिक विद्यालयमा आयोजना गरीएको पदाधिकारीको बैठकमा आफुलाई कार्यसमिति सदस्य अम्बिका पाठकलाई नगरसमितिको अध्यक्ष चयन गर्ने विषयमा वसेको बैठकमा उपस्थिति नगराउदाँ विवाद उत्पन्न भएको ।नगरसमितिको अध्यक्ष चयन गर्ने विषयमा बसेको बैठकमा सदस्य पाठकलाई सहभागी हुनबाट वञ्चित गराएकोमा आफ्नो अधिकार हनन भएको बताउँदै सदस्य पाठकले विवाद खडा भएको बताईन ।हनुमान आधारभुत विद्यालय जमुनाहको शिक्षक रहेकी पाठकले आफु समितिको सदस्य भएको भएता पनि समितिका अध्यक्ष कृष्ण गोपाल वर्माले बैठकमा वस्न नदिएको आरोप लगाइन । रजिष्टरमा नाम नै रहेको हुदाँ पनि नगर अध्यक्ष वर्माले बैठकमा वस्न नदिएको पाठकले जानकारी दिइन । पाठकले नेतृत्वकर्ताको यस्तो व्यवहारले आफुहरुलाई अत्यन्त दुखित तुल्याएको बताइन ।शिक्षिक पाठकले भनिन,“म सदस्य हो,म संग संघले दिएको प्रमाणपत्र पनि छ ।बैठकमा म सहज रुपमा गए। मलाई यस्तो गर्छन भन्ने लागेको थिएन ।यस्तो हुन्छ भन्ने लागेको भए म केही तयारी गर्ने थिए होला यसैबैठकमा उपस्थित हुने थिएन ।” अध्यक्ष वर्माले आफ्नो पदको दुरुपयोग गरेको आरोप लगाउँदै शिक्षक पाठकले भनिन“अध्यक्षले कम्तिमा मैले भने पछि समिति गठनको रजिष्टर हेर्नु पर्ने थियो,त्यसो गरीएन” । यस विषयमा हामीले अध्यक्ष बर्मा कुरा गर्दा समितिको आन्तरीक विषय रहेको र आफुहरुले मिलाउने बताउँदै भने,“यो शिक्षक संघको आन्तरीक विषय हो,प्राविधिक केही गडबड भएको होला,हामी मिलाउँछौ ,हामी भोली पर्सि बसेर मिलाउँछौ ।”
हाल सम्म बसेको बैठकमा सदस्य पाठकको नाम नदेखिएको र आफुहरुको बुझाईमा सदस्य पाठक केही नरहेको हुदाँ उहाँलाई सहभागी नगराइएको अध्यक्ष बर्माले जानकारी दिए । अध्यक्ष वर्माले भने,“विगतमा बसेको बैठकमा पनि उहाँ आउनुपर्ने र सदस्य रहेको प्रमाणपत्र ल्याउन सक्नु पर्ने हो ।”रजिस्टरमा नाम नै नदेखिएका हुदाँ आफुहरुले पाठकलाई सदस्यको आधारमा खबर गर्न नसकिएको अध्यक्ष वर्माले बताए ।

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
सिफारिस
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here