spot_img
Saturday, May 18, 2024
Homeब्यानरनेपाल भारत विरोधी गतिविधिप्रति नेपाल भारत खुला सिमा सम्वाद समुहको ध्यानाकर्षण

नेपाल भारत विरोधी गतिविधिप्रति नेपाल भारत खुला सिमा सम्वाद समुहको ध्यानाकर्षण

spot_img

नेपाल र भारत विच पौराणिक समय देखि नै सम्बन्ध रहेको अवस्थामा पछिल्ला केही समय यता आएको नेपाल भारत विरोधी गतिविधि प्रति नेपाल भारत खुला सिमा सम्बाद समुहको ध्यानाकर्षण भएको एक प्रेस विज्ञप्ती जारी गरी बताएको छ । विज्ञप्तीमा लेखिएको छ रामायणकाल देखि नै नेपाल र भारतको विचामा रोटी र बेटीको सम्बन्ध रहेको छ सितारामको वैवाहिक सम्बन्धले समेत दुई देश विचमको सम्बन्धलाई विरता,धार्मिक महत्व र गरिमा लगायतका विषयले प्रगाढ पार्दै आएका छन । यसरी रहेको मैत्रीपुर्ण सम्बन्धलाई नेपाल र भारतमा आएको राजनितिक सम्बन्धका कारण आएको उतारचढावका कारण पौराणिक सम्बन्ध र परम्परालाई प्रभावित गर्ने दुई देशको सिमामा देखिएको हालको केही गतिविधि प्रति समुहको गम्भिर ध्यानाकर्षण भैरहेको छ ।सितारामको वैवाहिक अवस्थामा रहेको विरासतलाई निरन्तरता दिने र सफल वैवाहिक दाम्पत्य जिवनका लागि दुवै देशका सिमा क्षेत्रमा खटिएकाहरुले सुरक्षा दिने भन्दा पनि असंवेदनशील ,गलत गतिविधिको कारण वैवाहिक बंधनमा धैरै नै कमि आएको विज्ञप्ती मार्फत बताईएको छ ।
विज्ञप्तीमा भनिएको छ कि पौराणिक परम्परा अनुसार वैवाहिक कार्यक्रमका लागि जाने जन्ती,यज्ञ,पुजा प्रतिष्ठा सहित पैराणिक ,धार्मिक र सांस्कृतिक अनुष्ठानका लागि दुवै देश आवतजावत गर्ने व्यक्ति,संस्थाको अनावश्यक परिचय पत्र खोजिनु ,सवारी साधनलाई कुनै सिमित नाकाबाट मात्र आवामन हुन दिई दुःख र कष्टको वातावरण सृजना हुनुले दुवै देशको जनतालाई दुःख दिने काम भैरहेको छ जसले गर्दा सदियौ देखि मिलेर आएको सुमधुर सम्बन्धलाई सिमावर्ती जनतालाई अवरोधको सामना गर्नु परेको छ । यस्तै अबका दिनमा यस्ता गतिविधिहरु छिटोभन्दा छिटो बन्द गरी नागरीकलाई निरन्तर आफ्नो पौराणिक सम्बन्ध स्थापना,व्यक्तिगत,पारिवारिक ,धार्मिक,सामाजिक सहज गतिविधिका लागि आगमनमा निर्वाधरुपमा सहज वातावरण निर्माणका लागि दुवै देशका सरकार तथा सम्बन्धित निकायलाई अनुरोध समेत गरीएको छ । सिमा देखिएका अवरोध र असहजता जारी रहे समुहले दवावका कार्यक्रमहरु गर्न बाध्य हुने समेत समुहका अध्यक्ष डा.राजिव झाले जानकारी गराए ।
प्रेस विज्ञप्ती

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
सिफारिस
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here