spot_img
Monday, May 20, 2024
Homeब्यानरनेपाली कांग्रेस बाँकेको निर्वाचित जनप्रतिनिधिसँग परामर्श तथा समन्वयात्मक कार्यक्रम सम्पन्न

नेपाली कांग्रेस बाँकेको निर्वाचित जनप्रतिनिधिसँग परामर्श तथा समन्वयात्मक कार्यक्रम सम्पन्न

spot_img

नेपाली काँग्रेस बाँकेले काँग्रेसबाट उम्मेदवार भई निर्वाचित जनप्रतिनिधिसंग नेपालगञ्जमा परामर्श तथा समन्वयात्मक कार्यक्रम शनिबार बाँकेको नेपालगंजमा सम्पन्न गरेको छ ।
पार्टी सभापति नारायणप्रसाद गौडेलको सभापतित्वमा भएको कार्यक्रममा बोल्ने काँग्रेस नेताहरूले निर्वाचित जनप्रतिनिधिहरुलाई जनताको सेवक बनेर काम गर्न निर्देशन दिएका छन् । निर्वाचित जनप्रतिनिधिको भूमिकाबाटै आगामी प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा आफ्ना उम्मेदवारले हार्ने वा जित्ने आधार तय हुने भएकाले जनअपेक्षित कार्य गर्न उनीहरुको निर्देशन थियो । जनप्रतिनिधि र पार्टी बीचको समन्वय र सहकार्यबाटै जनताका आवश्यकता पूरा गर्न सकिने भन्दै उनीहरुले पार्टीसंग सहकार्य र समन्वय गर्न जनप्रतिनिधिहरुलाई निर्देशन दिएका छन् ।यसैक्रममा जनप्रतिनिधिहरुले आफूहरुले पार्टीको निर्णय तथा सिद्धान्त अनुसार काम गर्न तयार रहेको प्रतिबद्धता व्यक्त गरेका थिए । उनीहरुले पार्टीसंग समन्वय र सहकार्य गरेर अगाडि बढ्ने बताएका थिए ।
केन्द्रीय सदस्य मैकुलाल बाल्मिकीले प्रदेश र संघको निर्वाचनमा टिकट सुरक्षित गर्न बाँकेमा षड्यन्त्रमूलक गुटबन्दी भइरहेको बताएका छन् । बाल्मिकीले पार्टीलाई केन्द्रमा राखेर नेता कार्यकर्ताहरुलाई अघि बढ्न निर्देशन दिए ।
नेपाली कांग्रेस बाँके विधि विधान अनुसार चलिरहेकाले आफूले साथ दिँदै आएको बताउँदै उनले पूर्वाग्रह राखेर पार्टीको कार्यक्रलाई असफल बनाउनतर्फ कोही पनि लाग्न नहुने बताए । प्रदेश र संघको निर्वाचन आइरहेकाले पार्टीलाई मजबुत बनाउन सबै एकै ठाउँमा हुनुपर्नेमा उनले जोड दिए । लुम्बिनी प्रदेश सभापति अमरसिंह पुनले पार्टीको विधान विपरीत विभिन्न संघसंस्थामा आबद्ध हुने तर पार्टीको कार्यक्रममा नआउनेहरुलाई कारवाहीका लागि सिफारिस गर्न निर्देशन दिएका छन् । सभापति पुनले पार्टीको विधानलाई चुनौती दिएर पार्टी हित विपरीतका क्रियाकलाप गर्ने नेता कार्यकर्ताविरुद्ध पार्टी निर्मम ढंगले प्रस्तुत हुने बताए । उनले पार्टीलाई विधि विधान अनुसार चलाउँदा कसैले पनि असहयोग गर्न नहुने भन्दै आफ्नै उम्मेदवारलाई हराउन भूमिका खेल्नेप्रति नरम हुन नसकिने स्पष्ट पारे । सभापति पुनले कांग्रेसलाई बलियो बनाउने गरी लाग्न नेता कार्यकर्ताहरुलाई निर्देशन दिए । उनले पार्टीका गाउँ, वडा, नगर कमिटीमा समस्या भए अवगत गराउन आग्रह गर्दै समस्या समाधानका लागि भूमिका खेल्ने बताए । सभापति पुनले आग्रह पालेर पार्टी नबन्ने भन्दै सबै एकजुट भएर अघि बढ्नुपर्ने उल्लेख गरे । उनले जनप्रतिनिधिहरुलाई पार्टीसंग समन्वय गरेर अघि बढ्न आग्रह गर्दै जनताको पक्षमा काम गर्न दृढतापूर्वक लाग्नुपर्नेमा जोड दिए । उनले संघ र प्रदेशको निर्वाचनमा सत्तारुढ दलहरुसंग चुनावी तालमेल गर्दा कांग्रेसको बहुमत आउने गरी गर्न आफूहरुले केन्द्रीय कार्यसमितिलाई सुझाब दिएको बताए । कांग्रेसको अस्तित्व कमजोर हुने गरी गठबन्धन गर्न नहुने भन्दै उनले आवश्यकता र औचित्यका आधारमा मापदण्ड तय गरिनुपर्ने बताए ।कार्यक्रममा लुम्बिनी प्रदेशका सहमहामन्त्री खगराज पाण्डे, प्रदेश सांसद शंकर गिरी, पूर्व सांसद कैलाश नाथ कशौधन गुप्ता, पूर्व पार्टी सभापतिहरु किरण कोइराला र कृष्णमान श्रेष्ठ, क्षेत्रीय सभापतिहरु पोषण केसी र रमेश गुप्ता, नेपाल तरुण दलका पूर्व महामन्त्री हुर्मत न्यौपाने, नेपाल महिला संघका अध्यक्ष नारायणी रुपाखेती लगायतले बोलेका थिए ।यस्तै जनप्रतिनिधिको तर्फबाट जिल्ला समन्वय समितिका प्रमुख ज्ञानेन्द्रकुमार चौधरी, नेपालगञ्ज उपमहानगरपालिकाका नगर प्रमुख प्रशान्त विष्ट, कोहलपुर नगरपालिकामा नगर प्रमुख पूर्ण प्रसाद आचार्य, राप्ती सोनारी गाउँपालिकाका अध्यक्ष तप्तबहादुर पौडेल लगायततले बोलेको पार्टी प्रवक्ता डिल्ली गिरीले जानकारी दिए ।पार्टी उपसभापति गोपालप्रसाद अधिकारीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको संचालन पार्टी सचिव सुधांशु कोइरालाले गरेका थिए । कार्यक्रममा डिएलएका केन्द्रीय सदस्य अधिवक्ता लोकबहादुर शाहले जनप्रतिनिधि र पार्टी बीचको समन्वय र सहकार्य तथा स्थानीय सरकार, स्थानीय सरकार सञ्चालन ऐन, सुशासन, कानुनी तथा नीतिगत व्यवस्थाका बारेमा प्रस्तुतिकरण गरेका थिए । त्यस क्रममा कार्यक्रममा उपस्थित सबै वडा सभापतिहरुलाई पार्टीको विधान, नियमावली, लेटरप्याड वितरण गरिएको थियो ।

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
सिफारिस
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here