spot_img
Saturday, May 18, 2024
Homeब्यानरनेपाली कांग्रेस नेपालगंजको नगर सभापतिमा प्रशान्त विष्ट लगायतको टिम विजय

नेपाली कांग्रेस नेपालगंजको नगर सभापतिमा प्रशान्त विष्ट लगायतको टिम विजय

spot_img

नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत नेपालगन्ज उपमहानगरमा सभापतिसहित पुरै टिम निर्वाचित भएको छ । सभापतिमा प्रशान्त विष्ट निर्वाचित भएका हुन् । उनले २ सय ४३ मत प्राप्त गरेका छन् उनका निकटतम प्रतिस्पर्धी उमा थापामगरले ७६ र बिनोद रिजालले ४१ मत प्राप्त गरेको मतदान अधिकृत सुभास गौतमले जानकारी दिए । यस्तै उपसभापतिमा धनराज बर्मा र मो. कमाल अन्सारी निर्वाचित भएका छन् । बर्माले २ सय ३७ र अन्सारीले १ सय ४४ मत प्राप्त गरे । उनका निकटतम प्रतिस्पर्धी अतुलकुमार गुप्ताले १०४, बिनोद न्यौपानेले ८४, जाकिर अलि तेलीले ४९ र जिनुरइन मुल्तनमिसले ३१ मत प्राप्त गरे ।सचिवमा निर्वाचित भएका सुरेन्द्र कुमार श्रेष्ठले २ सय ९ र हरिबाबु घिमिरेले १ सय ६७ मत ल्याए । उनका निकटतम प्रतिस्पर्धी कुन्तलराज शर्माले ९३, रबिन्द्र घिमिरेले ९२ र लक्ष्मी खड्काले ७८ मत ल्याइन् । यसैगरी सहसचिवमा निर्वाचित भएका मार्टिन ओलीले १ सय ८५ र शरदराज अधिकारीले १ सय ५२ मत प्राप्त गरे ।उनका निकटतम प्रतिस्पर्धी नर्वदा शाहीले १ सय १०, शिवकुमार गुप्ताले ७८, प्रकाश बादी (नेपाली)ले ६३ र पूर्णप्रकाश डाँगीले ६२ मत ल्याए । प्रदेश क्षेत्रीय प्रतिनिधीमा १ सय ७८ मत ल्याएर गोकर्ण आचार्य विजयी भएका छन् । उनका निकटतम प्रतिस्पर्धी अमृतकुमार आचार्यले १ सय ७३ मत ल्याए ।नेपालगन्ज उपमहानगरमा रहेका ३ सय ८२ मत मध्ये ३ सय ७७ मत खसेको थियो ।

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
सिफारिस
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here