spot_img
Monday, May 20, 2024
Homeब्यानरनेपाली कांग्रेसका जनप्रतिनिधिले अन्य पार्टि भन्दा फरक गर्नु पर्छः संविधान सभा सदस्य...

नेपाली कांग्रेसका जनप्रतिनिधिले अन्य पार्टि भन्दा फरक गर्नु पर्छः संविधान सभा सदस्य आशा विक

spot_img

नेपाली कांग्रेसका जनप्रतिनिधिहरु अन्य पार्टिका जनप्रतिनिधि भन्दा फरक ढंगले जान आवश्यक भएको नेपाली कांग्रेसीकी नेतृ तथा संविधान सभा सदस्य आशा विकले बताएकी छिन । एन सी वोमन लिडरसिप फोरम ,बाँकेले शनिबार बाँकेको नेपालगंजमा राखिएको नव निर्वाचित जनप्रतिनिधिहरुलाई बधाई तथा सम्मान कार्यक्रमलाई सम्बोधन गर्दे संविधान सभा सदस्य विकले त्यसो भनेकी हुन । संविधान सभा सदस्य विकले भनिन,“हिजोका जनप्रतिनिधिहरुले के काम गरे र अवका जनप्रतिनिधिहरुले के काम गर्ने भन्ने बारेमा समिक्षा गर्नु जरुरी छ ।”सदस्य विकले थपिनन,“हिजोका दिनमा अन्य राजनितिक दलका जनप्रतिनिधिहरुले जे गरे त्यसै गरी जाने हो भने हामीलाई जिताएको कुनै अर्थ हुदैन अतः नेपाली कांग्रेसका जनप्रतिनिधिहरुले फरक ढंगले काम गर्नु पर्दछ ,जनताको आड,भरोसालाई विशेष ख्याल गर्दै अगाडि बढ्नु पर्दछ ।”संविधान सदस्य आशा विकले पार्टिले पनि नेपाली कांग्रेसबाट विजय भएका जनप्रतिनिधिहरुलाई पार्टिका विधि र विधानका बारेमा जानकारी दिदै प्रशिक्षण गर्नु पर्ने बताईन । एन सी वोमन लिडरसिप फोरम अध्यक्ष माया पुनको सभापतित्वमा सम्पन्न कार्यक्रमको प्रमुख अतिथिमा नेपाली कांग्रेसका सहमहामन्त्री रहेका थिए ।कार्यक्रममा स्वागत मन्तव्य फोरमकी कोषाध्यक्ष धनमाया लुइटेलले गरेको कार्यक्रममा संविधान सभा सदस्य बादशाह कुर्मी लगायतले सम्बोधन गरेको थिए भने कार्यक्रमको सहजीकरण नेपाली कांग्रेस बाँके जिल्ला सचिव तथा एन सी वोमन लिडरसिप फोरम बाँके सचिव सञ्जु चौधरी गरेकी थिइन ।

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
सिफारिस
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here