spot_img
Thursday, May 9, 2024
Homeबजारनेपालगन्ज महोत्सवमा दर्शकको उत्साहपूर्ण सहभागिता

नेपालगन्ज महोत्सवमा दर्शकको उत्साहपूर्ण सहभागिता

spot_img

नेपालगन्जको वाटरपार्कमा जारी सातौँ प्रादेशिक औद्योगिक लघु, घरेलु तथा कृषि, व्यापार एवम् पर्यटन महोत्सवमा दर्शकको उत्साहपूर्ण सहभागिता बढेकोछ ।
चौथो दिन शुक्रबार भएका कारण महोत्सवममा दर्शकको अन्यदिन भन्दा उत्साहपूर्ण सहभागिता भएको हो ।
यसअघि बिहीबार ज्योती मगरको बेजोड प्रस्तुतीले महोत्सव स्थल तातिएको थियो । दिनहुँ स्थानीय तथा राष्ट्रिय चर्चित कलाकारको प्रस्तुतीमा रम्न दर्शकको संख्या बढ्दै गएको हो ।
आयोजक नेपाल घरेलु तथा साना उद्योग महासंघ जिल्ला कार्यसमिति ९महिला उद्यमी समिति० बाँकेकी अध्यक्ष मधुकुमारी खड्काले भोलीदेखि लगातार विदा पर्न गएकोले दर्शकको उपस्थिती झनै बढेर जाने बताइन ।
‘मेहनत सृजना उत्पादन र बस्तुः मेरै नेपालको’ भन्ने मूल नाराका साथ सञ्चालित महोत्सवमा शुक्रबार टंक तिमिल्सिना, एमटी महर, सृजना खत्री र करिश्मा ढकालको प्रस्तुतीमा दर्शकहरु झुमे ।
धम्बोझी, वाटरपार्क, विशालनगर, तेजनगर, कारकाँदो, पुष्पलाल चोक लगायतको क्षेत्रबाट स्थानीयहरुको बाक्लो उपस्थिती रहेको थियो । महोत्सव हेर्न आएका दर्शकले घरअगाडी साँझसम्म सञ्चालनमा रहेको महोत्सवमा सपरिवार आउँदा छुट्टै अनुभूति भएको प्रतिक्रिया दिए ।
राती ८ बजेसम्म चल्ने महोत्सवको सांगातिक कार्यक्रम कुनै कन्र्सट भन्दा कम छैन । डिजे लाईट र दमदमार साउण्ड सिस्टमका साथ कलाकारले आफ्नो प्रस्तुती राख्दा कन्र्सट आयोजना गरिएको जस्तो महसुस भएको महोत्सव स्थल पुगेका दर्शकको प्रतिक्रिया छ।
महासंघ बाँकेका अध्यक्ष मधुकुमारी खड्काका अनुसार महोत्सवमा १७५ स्टल बुक भइसकेका छन् । जसमध्ये व्यवसायिकका ९०, घरेलुका ५०, प्रायोजकका ८, थारु गाउँका १२ र होटल सम्बन्धि १५ स्टल रहेका छन् । महोत्सव अवलोकनका लागि टिकटको मूल्य रु १०० राखिएको छ । विद्यार्थीहरुका लागि ५० प्रतिशत छुटको व्यवस्था गरिएको छ ।
शनिबार लोक तथा दोहोरी गायिका टिका पुन, ¥यापर टोङ र डान्सर आरुषी मगरसहित स्थानीय कलाकारको बेजोड प्रस्तुती रहने प्रचारप्रसार संयोजक इन्द्र बहादुर खत्रीले जानकारी दिए ।
साथै महोत्सवमा विहान १० बजेदेखि नै स्थानीय तथा राष्ट्रिय कलाकारको प्रस्तुती रहनेछ । शुक्रबारको महोत्सव पुरुषोत्तम सापकोटा र रुपा घर्तीमगरको जोडीले सञ्चालन गरेका थियो भने शनिबार हुने महोत्सवको सञ्चालन तिलक गाउँले तथा रुपाघर्तीमगरले गर्ने छन ।
नेपाल घरेलु तथा साना उद्योग महासंघ जिल्ला कार्यसमिति (महिला उद्यमी समिति) बाँकेको आयोजना, महासंघ नेपालगन्ज नगरसमितिको सहआयोजक रहेको महोत्सवलाई मुख्य प्रायोजक होटल बाटिका, प्रायोजक नेपाल टेलिकम र संरक्षकमा नेपालगन्ज उपमहानगरपालिका रहेकोछ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
सिफारिस
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here