spot_img
Monday, May 20, 2024
Homeखेलकुदनेपालगञ्ज रंगशालाको पौडी पोखरी पुनः संचालन गर्ने तयारी

नेपालगञ्ज रंगशालाको पौडी पोखरी पुनः संचालन गर्ने तयारी

spot_img

नेपालगञ्जस्थित रंगशालामा रहेको पौडी पोखरी एक हप्ताभित्र संचालनमा आउने भएको छ । गत बर्ष चैत्रदेखि संचालनमा आएको पौडी पोखरी कोरोनाका कारण केहि महिना बन्द भएको थियो ।

कोरोना संक्रमण दर कम भएपछि जेठमा संचालन गरिएको थियो । चिसो मौसम सुरु भएपछि बन्द भएको पौडी पोखरी यहि १५ फागुन अगावै संचालनमा ल्याउने तयारी गरेको मध्यपश्चिमाञ्चल खेलकुद विकास समितिका कार्यालय प्रमुख महेश चन्दले बताए ।

उनले संचालनका लागि पौडी पोखरी मर्मत र सफाई गरिरहेको बताए । ‘पुरानो पानी फाल्ने, लेउ लगायत अन्य फोहर सफा गर्ने काम जारी छ । एक–दुई भित्र सफाईको काम सकेर संचालनमा ल्याउँछौँ,’ उनले भने ।

पौडी पोखरी सफाईको काममा नेपाली भैरव प्रसाद दल गणले सहयोग गरेको उनले बताए । पोखरी तयार हुने वित्तिकै नेपाली सेनाले पौडी प्रतियोगिता गर्ने उनले जानकारी दिए । ‘प्रतियोगिता सकिएपछि अन्य सर्वसाधारणका लागि खुला गरिने छ,’ कार्यालय प्रमुख चन्दले भने ।

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
सिफारिस
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here