spot_img
Monday, May 20, 2024
Homeकला/साहित्यनेपालगंज QFX ले मनायो छैठौ संचालन दिवस

नेपालगंज QFX ले मनायो छैठौ संचालन दिवस

spot_img

बाँकेको नेपालगंजमा रहेको आधुनिक चलचित्र मन्दिर QFX सिनेमा हलले आफ्नो संचालनको छैठौ वर्ष उत्साहका साथ मनाएको छ । नेपालगज स्थित न्युरोडमा रहेको सो सिनेमा हलले विभिन्न दर्शकहरुको उपस्थितिमा शुक्रबार एक कार्यक्रम गरी आफ्नो संचालन दिवस मनाएको हो । बागेश्वरी चलचित्र मन्दिरले ३३औ वर्ष पुरा गरेको र QFX सिनेमा हलले सन्चालनमा आएको ६ वर्ष पुरा गरेकोमा अवसरमा नेपाली चलचित्र कृष्णलिलाको पहिलो सो गरी उत्साव मनाएको हो ।

वार्षिक उत्सवको उपलक्ष्यमा सिनेमा हलका संचालक राजेश श्रेष्ठले सबै दर्शकहरुलाई हार्दिक शुभकामना सहितको धन्यवाद समेत दिएका छन ।संचालनको छैठो वर्ष पुरा गरेको उपलक्ष्यमा बोल्दै QFX सिनेमा हलका म्यानेजर सन्जिव शाक्यले पछिल्लो समय नेपाली चलचित्रहरुमा समेत दर्शकहरुको रुची बढ्दै गएको बताए । म्यानेजर

3 शाक्यले भने,“दर्शकहरुको रुची नै हाम्रो उदेश्य भएको हुदाँ सिनेमाले दिनु पर्ने सुविधामा कुनै कमी गरेका छैनौ ।” छैठौ वार्षिक उत्सवमा आज सिनेमा हलले पत्रकार लगायतका दर्शकहरुलाई गेष्ट सो देखाएको थियो । पछिल्लो समय नेपाली चलचित्रहरु लगायत स्थानिय तहमा निमार्ण भएका चलचित्रहरुलाई पनि थप उर्जाका अगाडि बढाउनु पर्ने बाँके चलचित्र पत्रकार संघका अध्यक्ष रामचन्द्र पौडेलले बताए ।अध्यक्ष पौडेल भन्छन,“अव स्थानिय तह देखि केन्द्रिय तहले समेत चलचित्र मन्दिर तथा नेपाली चलचित्रहरुको अभिभावकको रुपमा भुमिका खेल्नु पर्छ ।”

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
सिफारिस
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here