spot_img
Thursday, May 9, 2024
Homeब्यानरनेपालगंज–१२ मा तीज संगै जनतासंग कांग्रेस अभियान कार्यक्रम

नेपालगंज–१२ मा तीज संगै जनतासंग कांग्रेस अभियान कार्यक्रम

spot_img

जनताको साथमा कांग्रेस अभियानलाई तिव्र पार्ने क्रममा सोमबार नेपालगंज उपमहानगरापलिका वडा नं.१२ नेपाली कांग्रेस वडा स्तरीय वडा कार्य समितिले तिज शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न गरेको छ । नेपाली कांग्रेसका बाँके सचिव सुधान्सु कोइरालाको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रमको सभापतित्व वडा सभापति रामु चिडिमारले गरेका थिए । कार्यक्रमलाई सम्बोधन गर्दै नेपाली कांग्रेस बाँकेका सचिव कोइरालाले हरितालिका तिजले सामाजिक सद्भावलाई बढावा दिने हुदाँ सबै वर्ग समुहको उपस्थिति हुनु पर्ने बताए । सचिव कोइरालाले भने,“नेपालगंज शहर सदभावको सहर भएको हुदाँ यहाँ मनाईने चाडपर्वको आफ्नैखालको महत्व भएको हुदाँ सबैको सहभागिता हुने गरेको छ ।”उनले सम्बोधन गर्दै भने नेपालगंज उपमहानगरपालिका–१२ नेपाली कांग्रेसको वडा समितिले तिज संगै जनताको साथमा काँग्रेस अभियानलाई लैजाने जर्मको गरेको धन्यवाद समेत दिएका थिए ।

यसैगरी कार्यक्रममा बोल्दै नेपाली कांग्रेसका नेता तथा नेपाली कांग्रेस महाधिवेशन प्रतिनिधि अजित कुमार शर्माले समानुपातिकबाट संघिय सांसदका लागि दावी रहेको बताउँदै नेपाली कांग्रेसले सबैलाई समेट्नु पर्ने भने । नेता शर्माले जनताको साथ सहयोग विना कुनै पनि पार्टिको अस्थित्व नहुने भएको हुदाँ जनता नै सर्वपरि भएको बताए ।शर्मा नेताले भने,“नेपालको विकास तथा समृद्धीको लागि नेपाली कांग्रेस सधै जनताको साथमा रहने छ ।”यसै गरी नेपाली कांग्रेस बाँकेका जिल्ला सदस्य अमृत कुमार आचार्यले स्थानिय निर्वाचनमा नेपालगंज उपमहानगरपालिका–१२ का जनताले साथ दिएको भन्दै आफ्नो आपङ्ग तथा शहिद परिवारको तर्फबाट प्रदेश आफ्नो दावी रहेको बताए । उनले भने,“पार्टिको जिम्मेवारीबाट पर भाग्न सकिदैन तर प्रदेश समानुपातिक तर्फ मेरो पनि दावी छ ।”

यसैगरी जनताको साथमा कांग्रेस अभियान तथा तिज मिलन कार्यक्रमलाई सम्बोधन गर्दै नेपाली कांग्रेस क्षेत्र नं.२ का क्षेत्रिय सभापति रमेश कुमार गुप्ताले नेपाली कांग्रेसका निर्वाचित जनप्रतिनिधि तथा नेताहरु प्रत्येक स्थानियको घरमा जानु पर्ने र उनीहरुको अवस्थाका बारेमा जानकरी लिनु पर्ने बताए ।सभापति गुप्ताले भने,“नेपाली कांग्रेसले सधै नेपालीका लागि काम गर्छ अतः नेपालीहरुको अवस्थाका बारेमा जानकारी लिनु पर्ने हुन्छ ।” यसैगरी नेपाली कांग्रेस क्षेत्र नं.२ का क्षेत्रिय सचिव तथा नेपालगंज उपमहानगरपालिका–१२ का वडा अध्यक्ष तरुण कुमार वर्जाचार्यले विजय भए यता सबैलाई धन्यवाद समेत दिने मौका नपाइ रहेको अवस्थामा आयोजकले अवसर जुराई दिएकोमा अवसरकालागि धन्यावाद दिएका थिए । वडा अध्यक्ष वर्जाचार्यले स्थानिय तहको विकास तथा आवश्यकतामा कुनै पनि कसर बाँकी नराख्ने बताए । वडाअध्यक्ष वर्जाचार्यले भने,“जनतको काम गर्नका लागि हामीहरु निर्वाचित भएको आएको हो अतः जनताको काम नै हाम्रो जिम्मेवारी हो” । सबैलाई तिजको उपलक्ष्यमा शुभकामना दिदै वडा अध्यक्ष वर्जाचार्यले नारीहरुको महानचाडलाई महत्वका साथमा लिएको भन्दै यसले एकताको सन्देश समेत दिने बताए । नेपाली कांगे्रस नेपालगंज उपमहानगरपालिका वडा नं.१२ का वडा सभापति रामु चिडिमारले स्थानिय तहमा नेपाली कांग्रेसलाई विश्वास गरेर जनप्रतिनिधिहरुलाई निर्वाचित गराएको हुदाँ जनताका काममा नेपाली कांग्रेसबाट विजय भएको जनप्रतिनिधिहरुले जनतालाई सहजता प्रदान गर्नु पर्ने बताए ।

कार्यक्रममा लुम्बीनी प्रदेश महधिवेशन प्रतिनिधि रोशन कुमार श्रेष्ठ,पुर्व महाधिवेशन प्रतिनिधि सुबोध अधिकारी लगायतले आफ्नो शुभकामना मन्तव्य राखेका थिए ।नेपाली कांग्रेस वडा नं.१२ का सचिव विकास वर्जाचार्यले सहजीकरण गरेका स्थानिय दिदि बहिनीहरुले दर तथा नृत्य प्रस्तुत गरेको समितिका सचिव सुकराम चिडिमारले बताए ।

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
सिफारिस
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here