spot_img
Monday, May 20, 2024
Homeब्यानरनेपालगंज–१२ले आयोजना गरेको स्वास्थ्य शिविरमा ५०० बढिले सेवा लिए,अध्यक्ष वज्राचार्यले सहयोगी सबैलाई...

नेपालगंज–१२ले आयोजना गरेको स्वास्थ्य शिविरमा ५०० बढिले सेवा लिए,अध्यक्ष वज्राचार्यले सहयोगी सबैलाई धन्यवाद

spot_img

बाँकेको नेपालगंज उपमहानगरपालिका–१२ ले आयोजना गरेको स्वास्थ्य शिविरमा ५०० बढिले सेवा लिएका छन । मंगलबार वडा कार्यालयको भवनमा आयोजना गरीएको स्थानियहरुको स्वास्थ्यलाई ध्यानमा राखि आयोजना गरीएको स्वास्थ्य शिविरमा ५०० बढिले सेवा लिएको वडा अध्यक्ष तरुण कुमार वज्राचार्यले जानकारी दिए ।विभिन्न रोग सम्बन्धि निःशुल्क आयोजना गरीएको स्वास्थ्य शिविरको उद्घाटन नेपालगंज उपमहानगरपालिका मेयर प्रशान्त विष्टले गरेको थिए । विहान ८ बजे देखि बेलुका ५ बजे सम्म संचालन रहेको शिविरमा आँखा जाँच,नाककान घाँटी जाँच,महिलाहरुको पाठेघरको मुखको क्यान्सर परिक्षण गरीएको थियो । वडा स्तरीय जेष्ठ नागरीक क्लव,आमा समुह,नेपालगंज आँखा अस्पताल,नेपाल परिवार नियोजन संघ बाँके लगायतको सहयोगमा सम्पन्न भएको उक्त शिविरमा,लुम्बिनी तथा सुदुपश्चिमका आँखा विशेषज्ञ डा. विक्रम थापा,डा.बद्री श्रेष्ठ,नेपालगंज परिवार नियोजन संघ बाँके शाख प्रबन्धक रस्मी श्रेष्ठको नेतृत्वमा रहेको टिम,स्थानिय स्वास्थ्य चौकी इन्र्चाज आरती थारु,पारस जंग शाह लगायतले स्वास्थ्य जाँचमा सहयोग गरेका थिए । वडा नं १२ का वडा सदस्य राजकुमार बाल्मीकी,चन्दा चिडिमार,विनोद कुमार रस्तोगी,शुशीला पन्त लगायत वडाका कर्मचारी सबैको सहभागिता रहेको थियो ।जेष्ठ नागरीक क्लवका अध्यक्ष अजित कुमार शर्माले स्वागत गरेका थिए ।औषधी लगायत चेकजाँच निःशुल्क संचालित शिविरमा सहयोगी सबैलाई अध्यक्ष बज्राचार्यले धन्यवाद दिदै यही महिना भित्र छाला तथा बालरोग सम्बन्धी शिविरको आयोजना गरीने बताए ।

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
सिफारिस
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here