spot_img
Monday, May 20, 2024
Homeराजनीतिनेपालगंज नगरमा त्रिपक्षिय भिडन्त

नेपालगंज नगरमा त्रिपक्षिय भिडन्त

spot_img

नेपाली काँग्रेस बाँकेमा आगामी मंसिर २ गते हुने नेपालगञ्ज उपमहानगरपालिकाको सभापति पदका लागि त्रिपक्षिय भिडन्त हुने देखिएको छ । उपमहानगरमा नेतृत्वको लागि मंसिर २ गते निर्वाचन हुँदै छ ।बिहीबार हुने नगर अधिवेशनमा नेपालगञ्ज उपमहानगरको नेतृत्वको लागि बर्तमान नगर सभापति प्रशान्त विष्टले तेस्रो ईनिङ्गको लागि प्रतिष्पर्दामा उत्रेका छन् । उनी संस्थापन पक्षका हुन । उनको प्यानलबाट उपसभापतिमा धनराज बर्मा र मो. कमाल अन्सारी, सचिवमा सुरेन्द्र कुमार श्रेष्ठ, हरीबाबु घिमिरे सहसचिवमा सरदराज अधिकारी र मार्टिन ओली क्षेत्री चुनावी मैदानमा होमिएका छन् ।
यसैगरी संस्थापन पक्षबाटै तरुण दलका जिल्ला सचिव समेत रहेका विनोद रिजालले पनि आफ्नो दह्रो दावेदारीका साथ चुनावी मैदानमा होमिएका छन् । उनको प्यानलबाट उपसभापतिमा अतुल गुप्ता र किननुरे मुल्तकिम (शाहील),सचिवमा कुल्तल राज शर्मा र सहसचिवमा पुर्ण प्रकाश डागी र नर्मदा शाही चुनाबी मैदानमा होमिएका छन् ।
संस्थापन ईतर पक्षबाट नेपालगञ्ज उपमहानगरका उपप्रमुख समेत रहेकी उमा थापामगर पार्टीको उपमहानगर सभापतिका लागि चुनावी मैदानमा होमिएकी छन् । उनको प्यानलबाट उपसभापतिमा विनोद न्यौपाने र जाकिर अली तेली, सचिवमा रबिन्द्र घिमिरे र लक्ष्मी खड्का सहसचिमा प्रकाश नेपाली र शिव कुमार गुप्ता रहेका छन ।
सबै उम्मेदवारहरु अहिले क्षेत्रीय प्रतिनिधिहरुलाई भेट्न व्यस्त छन् । निर्वाचन परिणाम आफ्नो पक्षमा पार्न तीनै जनाले दिनरात कसरत गरिरहेका छन् ।
बाँकेमा पालिका अधिवेशन मंसिर २ गते विहिबार भोली हुनेछ । उम्मेदवारी दर्ता भने मंसिर १ गते नै भएको छ । निर्वाचन समितिले १३ जिल्लाको नगर अधिवेशन कात्तिक ३० का लागि तोकेको थियो । तर, बाँकेमा नगर अधिवेशन दुई दिन ढिलो हुने भएको छ । बाँकेमा कात्तिक २७ का लागि तोकिएको वडा अधिवेशन एक दिन ढिलो सम्पन्न भएको थियो । नेपालगञ्ज उपमहानगरपालिकाको अधिवेशनमा ३३६ जनाले मतदान गर्नेछन् ।

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
सिफारिस
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here