spot_img
Sunday, May 5, 2024
Homeब्यानरनेपालगंज उपमहानगरपालिकालाई सुर्तीजन्य पदार्थ प्रयोग रहित बनाईने

नेपालगंज उपमहानगरपालिकालाई सुर्तीजन्य पदार्थ प्रयोग रहित बनाईने

spot_img

बाँके नेपालगंज उपमहानगरपालिकाको फोहरको मुख्य जड भनेकै सुर्तीजन्य पदार्थको अत्याधिक प्रयोग हो । आज विश्व धु्रमपान दिवस मनाउँदै गर्दा बाँकेको एक स्थानियतहले आफ्नो नगरलाई सुर्तीजन्य पदार्थ रहित कार्यालय बनाउने घोषणा गरेको छ ।बाँकेको नेपालगंज उपमहानगरपालिकाले मंगलबार विश्व धु्रमपान दिवसको अवसर पारेर नगरलाई सुर्तिजन्य पदार्थ प्रयोग रहित कार्यालय बनाउने घोषणा गरेको हो । नगरका नवनिर्वाचित नगर प्रमुख प्रशान्त विष्टले विभिन्न सन्देश मुलक स्टिकर टाँस गर्दै कार्यालयलाई सुर्तीजन्य पदार्थ प्रयोग रहित बनाउने घोषण गरेका हुन । नेपालगंज उपमहानगरपालिका र स्थानिय असलशासन क्लव (बास)को सहकार्यमा छपाई गरीएका विभिन्न धु्रमपान विरुद्धको सन्देशमुलक स्टिकरहरु टाँस गरीएको बासका निर्देशक नमस्कार शाहले जनाकारी दिएका छन ।नगर प्रमुख विष्ट र नगर उपप्रमुख कमरूद्दिन राईले संयुक्त रूपमा नेपालगन्ज उपमहानगरपालिकालाई सुर्तीजन्य पदार्थ प्रयोग रहित बनाउने अभियानको उद्घोष गरेका हुन् । ‘सुर्तीजन्य पदार्थ त्यागौँ, स्वास्थ्य र वातावरण जोगाऔँ’ भन्ने नाराका साथ आज मनाइएको विश्व सुर्तीजन्य पदार्थ विरुद्धको दिवसको अवसरमा यस्तो उद्घोष गरिएको हो ।भारतीय सिमाक्षेत्र रुपैडियाको छिमेकी नगर हुदाँ भारतबाटै अधिकांश सुर्तीजन्य पदार्थ आउँने र नेपालगंज उपमहानगरपालिका सुर्तीजन्य पदार्थको प्रयोग हुने हुदाँ योजनाबद्ध तरीकाले प्रणालीगत रुपमा सुर्तीजन्य पदार्थ रोक्नु पर्ने स्थानियहरुले बताउँछन ।

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
सिफारिस
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here