spot_img
Monday, May 20, 2024
Homeब्यानरनेपालगंजको भेरी अस्पतालबाट पाँच विचौलिया पक्राउ

नेपालगंजको भेरी अस्पतालबाट पाँच विचौलिया पक्राउ

spot_img

बाँके जिल्ला नेपालगंजमा रहेको भेरी अस्पताल नेपालगन्जमा आएका बिरामीलाई आफू अनुकूलको मेडिकलबाट औषधि किन्न र परीक्षण गर्न लगाउने बिचौलियालाई प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ । तर नाम भने खुलाएको छैन् । बिरामीलाई दुःख दिएको गुनासो आएपछि पाँच जनालाई नियन्त्रण लिइएको बाँकेका डिएसपी मधुसूदन न्यौपानले जानकारी दिएका छन।।भेरी अस्पताल प्रशासनले नै बिचौलियाको बिगबिगी भएको भन्दै प्रहरीलाई अप्रेसन गर्न अनुरोध गरेको जिल्ला प्रहरी कार्यालय बाँकेले जानकारी दिएको छ ।
भेरी अस्पताल प्रशासनको अनुरोधमा अस्पताल हाताभित्र हुने गरेका अबान्छनिय कार्यप्रति प्रहरीले निगरानी राखेको थियो ।
प्रहरीले निगरानी बढाएसंगै अस्पताल परिसरमै आएर विरामी र उनका आफन्तलाई दवाव दिदैँ आफू अनुकूल मेडिकलबाट औषधी किन्न र परीक्षण गर्न लगाउनेलाई पक्राउ गरिएको हो ।अस्पतालमा बिचौलिया र चोरको बिगबिगी बढ्दै जाँदा एकथरीले कमिसनको नाममा बिरामीलाई दुःख दिने र अर्कोथरीले अस्पताल परिसरबाट मोटरसाइकल लगायत चोर्ने गरेको प्रहरीको भनाइ छ ।पछिल्लो समयमा भेरी अस्पताल परिसरबाट अस्पतालका कर्मचारी, विरामी कुरुवा लगायतको मोटरसाइकल, साईकल र सामान चोरी हुने क्रम बढ्दै गएको पाइएको छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
सिफारिस
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here