spot_img
Monday, May 20, 2024
Homeब्यानरनेत्रज्योतिसंघ बाँके शाखाद्धारा उपमहानगरपालिका जनप्रतिनिधिलाई स्वागत

नेत्रज्योतिसंघ बाँके शाखाद्धारा उपमहानगरपालिका जनप्रतिनिधिलाई स्वागत

spot_img

बाँके जिल्ला नेपालगंज उपमहानगरपालिकाका नवनिर्वाचित जनप्रतिनिधिहरुलाई विहिबार एक कार्यक्रम विच स्वागत तथा सम्मान कार्याक्रम गरेको छ ।नेपालगंज उपमहानगरपालिका फुलटेक्रा स्थित फत्तेबाल अस्पातालमा रहेको नेत्र ज्योतिसंघ नेपाल बाँकेशाखा उक्त सम्मान तथा स्वागत कार्यक्रम गरेको हो । नेपालगंज उपमहानगरपालिकाका प्रमुख प्रशान्त विष्टको प्रमुख आतिथ्यमा सम्पन्न उक्त सम्मान तथा स्वागत कार्याक्रमको विशिष्ट अतिथिमा उपप्रमुख कमरुद्धिन राई रहेको थिए । नेपालगंज उपमहानगरपालिकाका २३ ओटै वडाका निर्वाचित वडाअध्यक्षहरुको उपस्थितमा गरीएको सो कार्याक्रममा संस्थाका सभापति रतन कुमार टंडनले कार्याक्रमको सभाअध्यक्षता गरेको थिए । कार्यक्रमलाई सम्बोधन गर्दे कार्यक्रमका प्रमुख अतिथित तथा नेपालगंज उपमहानगरपालिका मेयर प्रशान्त विष्टले अस्पतालमा उपलब्ध सेवाहरुको गुणस्तर र भौतिक विकासमा सुधार गर्नु पर्ने भएका हुदा नेपालगंज उपमहानगरपालिकबाट हुन सक्ने सहोयोग रहने बताए । यसैगरी कार्यक्रमका विशिस्ट अतिथि तथा नेपालगंज उपमहानगरपालिकाका उपप्रमुख कमरुद्धिन राईले अस्पतालको विकासले नै आँखा उपचारमा थप टेवा मिल्ने बताए ।

सोही अवसरमा अस्पतालमा हालै जडान गरिएको जलविन्दु परिक्षण गर्ने उपकरणको उद्घाटन समेत गरिएको छ । नेपाल नेत्रज्योति संघ बाँके शाखाको आयोजनमा गरीएको उक्त कार्यक्रमको सहजीकरण संघका सचिव शान्ती श्रेष्ठद्धारा भएको थियो ।संघका सामुदायीक जनसम्पर्क समितिका संयोजक केशव राम बर्माले स्वागत गरेको कार्यक्रमा नेपालगंज उपमहानगरपालिका क्षेत्रभित्र रहेका दृष्टिविहिनताको समस्या र समाधानका बारेमा फत्तेबाल अस्पतालका प्रबन्ध निर्देशक कौशल कुमार बर्माले प्रस्तुतिकरण समेत गरेका थिए ।कार्यक्रममा संघका कोषाध्यक्ष कन्हैया लाल टंडन र सदस्य केशव राम बर्मा,गोपी चन्द्र बरनवाल ,रौनक अली इद्रीसी र राज कुमार साहु,लगायतको उपस्थिति रहेको थियो ।

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
सिफारिस
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here