spot_img
Wednesday, May 8, 2024
Homeब्यानरनेता धोबी पछार लगाउने भित्री तयारीमा

नेता धोबी पछार लगाउने भित्री तयारीमा

spot_img

कुन्तलराज शर्मा:-
नेपाली कांग्रेस १४ औ महाधिवेशन अन्तर्गत यही १९ गते हुन गइरहेको बाँके जिल्ला नेतृत्व निर्वाचनमा होमिएका इतर संस्थापनका नारायण प्रसाद गौडेल र संस्थापन पक्षका पांच दाबेदार मध्ये तीन दाबेदार (उम्दवारी फिर्ता सहितका सुनील नरसिंह राणा), निरञ्जनसिंह सिजापति, राजकुमार वर्मा महासमिति पदमा सिमटिएका छन ।
अहिले बाँकेको तिनै निर्वाचन क्षेत्रबाट प्रतिनिधित्व गर्दै एकबाट कोइराला इतर पक्षका नारायणप्रसाद गौडेल देउवा संस्थापन दुईबाट सुरेन्द्र बहादुर हमाल र तीनबाट बादशाह कुर्मी मैदानमा उत्रिएका छन भने पदाधिकारी सहितको कार्य समिति र महासमितिमा दुई टिम भएता पनि देउवा समूहमा सभापतिका दुई उम्मेदवार कडा प्रतिस्पर्धामा छन ।
आकलन बिश्लेषण पहिलो चरणको मतदानबाट पार नपाउने जितका लागि ५०।१ प्रतिशत बिजेता मत संख्या ल्याउनु पर्ने हुन्छ । पहिलो चरणमा नारायण प्रसाद गौडेल मत दौडमा पहिलो हुनुमा महाधिवेशनको तिथि मिति पटक पटक सर्नु टिम सहित प्रचार प्रसारमा प्रशस्त समय पाएको बिश्लेषण हुने गरेको छ । भने संस्थापन तर्फ दोस्रो स्थान र दोश्रो चरणमा चुनावमा जानका लागि सुरेन्द्र बहादुर हमाल र बादशाह कुर्मीका बिच संघर्ष सहितको कडा प्रतिस्पर्धा हुने देखिको छ ।
सभापतिका तिनै जना उम्मेदवार आ आफ्नो क्षेत्रमा संख्यात्मक मोटीमोटा जोड घटाऊमा लागेका बेला तल्लो तहमा हार बेहोरेका ूबिरेन्द्र शाह समुहकोू टिम पनि निर्णायक मतका साथ पर्ख र हेरको नीतिमा बसेको छ । यो टिमको मत पनि बिषेश गरि संस्थापन पक्षका सुरेन्द्र बहादुर हमाल र बादशाह कुर्मीमध्ये कसलाई सभापतिमा टिकाइ राखने भन्ने महत्वपूर्ण भुमिकामा रहेको छ शाह समूहको मतलाई आफ्नो पक्षमा ढाल्नुपर्छ हमाल र कुर्मी कसरतमा लागिपरेका छन भने नेतृत्वदोश्रो पङ्गतीका उदीयमान नेता धोबी पछार लगाउने भित्री तयारीमा जुटेका छन भने कस्को भागमा कति आउने १९ पछिका मतपरिणामले तय गर्नेछ ।
बाँके संस्थापनमा ध्रुवीकृत चलायमान नेतृत्व तहबीच आशिर्वाद कस्को हात कस्को टाउको नगर,क्षेत्र,प्रदेशका निर्वाचनमा जस्तै खुलेर यतिबेला नबोलेता पनि अहिले मतदाता नेता कार्यकर्ताको आकलन मततिथि नजिकदै जादाको अवस्थामा दबाव सहित बर्चस्वको जबरजस्त चुनावीरणनितिक लडाईलाई पनि नकार्न सकिदैन ।
पदाधिकारीमा बिभिन्न अड्कल बाजी गरिएता पनि संघिय क्षेत्र २ महासमिति सदस्य समावेशी मधेशीूतर्फ पदका उम्मेदवार डुडवा नरेन्द्र कुमार चौधरी र नेपालगंज प्रहलाद कुमार लखेर बीच रोमान्चक तर उच्च तापमानमा प्रतिस्पर्धा हुने मतदाता कार्यकर्तामा बिश्लेषण शुरु भएको छ ।
बाँकेमा हालै भएको तिनै तहको आन्तरिक नगर,संसदीय क्षेत्र,प्रदेश क्षेत्रको निर्वाचनमा जित सहितको बलियो संस्थापन पक्ष नै देखिको छ तर नेता कार्यकर्ता चुनावी प्रतिस्पर्धामा हारेकालाई समेटन न सक्नु संगठन हितका लागि सुखद हुदै होइन पक्ष भन्दा पनि संगठनलाई बलियो बनाएर निस्वार्थ एक ढिक्का भएर लानु पर्नेमा कार्यकर्ता जोड दिदै छन हैन भने यसको असर आउने जनचुनाबमा जबरजस्त हुने छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
सिफारिस
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here