spot_img
Wednesday, May 8, 2024
Homeब्यानरनिर्वाचन जित्न कांग्रसले प्राविधिक टिम बनाउनु पर्छ

निर्वाचन जित्न कांग्रसले प्राविधिक टिम बनाउनु पर्छ

spot_img

मधु पौडेल

आइतबारबाट नेपाली कांगे्रसले स्थानिय तहको निर्वाचन देखी सबै तहका निर्वाचनलाई आफ्नो पोल्टामा पार्नका लागि घर–घर जाऔ,कांग्रेस जिताऔ अभियान देशभर सुरुवात गरेको छ । यसरी अभिायनका नेपाली कांग्रेस नेपालका हरेक क्षेत्रका आफ्ना तल्ला तहका कार्याकर्ता तथा नेपाली जनतालाई प्रत्येक्ष रुपमा भेट्न सक्ने तथा नेपाली कांग्रेसका भावि रणनिति तथा विगतका भएका कमीकमजोरीहरुलाई नेपाली जनतालाई राख्न सक्ने अवसरका पनि हो । कतिपय नेता तथा कार्यकर्ताले यस अभियानलाई भर्खर समाप्त भएको नेपाली कांगे्रस पार्टिको वडा स्तर देखि लिएर केन्द्रिय महाधिवेशनमा देखिएको धुर्वीय गुटको असरलाई मलमको रुपमा काम गर्ने विश्वास पनि लिएका पाइन्छ ।नेपाली कांग्रेसको यस अभियानको सफलताको शुभकामना दिदै गर्दा केही अन्य पक्षका बारेमा पनि जानकारी दिनु जरुरी देखिन्छ । जसले गर्दा यहा केही विषयलाई छोटकरीमा लेख्ने प्रयास गरीएको छ ।
मुलुकको पहिलो पार्टीको रुपमा देखिदै आएको नेपाली कांग्रेस पार्टिमा अझै पनि जनताको आशा भरोसा भएको भएता पनि नेपाली कांग्रेसले आफुले देश र जनताका लागि खास के ग¥यो भन्ने विषयमा पार्टी आफैमा अन्योलमा रहेको देखिन्छ । अंशमा भन्नु पर्दा नेपाली कांग्रेसले गरेका देश र जनताका लागि गरेका हरेक क्रियाकलापहरुलाई पर्दा पछाडिबाट संचालनमा ल्याउदै आउँदा घर–घर जाऔ,कांग्रेस जिताऔ अभियानलाई एकता संगै कांग्रेसले गरेका क्रियाकलापका बारेमा सन्देशको रुपमा लैजाने महोत्सवको रुपमा लिनु पर्ने देखिन्छ ।
निर्वाचन आउँदै गर्दा नेतृत्वको विषयमा सधै तत्काल निर्णय गर्न नसक्ने पार्टि भन्दै आरोप खेपी रहेका नेपाली कांग्रेसका नेताहरुले वडा स्तर देखि संसद सम्म को को लाई उम्मेदवार बनाउने भन्ने कुराको पनि टुङगो समयमै लगाउनु पर्दछ जसले गर्दा उमेदवर हुने व्यक्तिलाई प्रशस्त मात्रामा खेल्ने समय हुनेछ । उमेदवारी घोषण तथा मनोनय दर्ताको समयमा मात्रै टिकटको फिक्स हुने प्रणालीलाई काग्रेसको केन्द्रिय स्तरका नेताहरुले वर्तमान अवस्थामा तोड्नु पर्ने देखिन्छ ।
प्रावाधिक रुपमा निकै कमजोर देखिने नेपाली कांग्रेस मास वेस पार्टी भएको हुदाँ पनि यस्ले निकै समस्या देखिएको नेपालीका कांग्रेसको निर्वाचन नतिजालाई हेरे अनुमान लगाउनु सकिन्छ ।
पछिल्लो समय अधिकांश परम्पारगत रुपमा भाषाणमा बढि विश्वास लिदै गरेको कार्यक्रमहरुले नेपाली जनतामा खासै प्रभाव पर्ने देखिदैन । उसो त अन्य पार्टिहरुले पनि विशाल आमसभाका रुपमा जनताको बाटो छेकेर दुख दिने भन्दा अर्को काम गरेको देखिदैन ।केन्द्रिय स्तरका नेताहरुको स्थानिय तहमा आगमन हुदाँ सिमित व्यक्तिको उपस्थितलाई नै नतिजाको व्याख्या गर्ने हुदाँ अधिकांश क्षेत्रमा हार व्यहोर्नु परेको कांग्रेसका कार्यकर्ताहरुले गुनासो पोख्दै आएका छन । स्वार्थ चाकडीमा केन्द्रिय स्तरका नेताहरु फस्दा नेपाली कांग्रेसका स्थानिय तहका कार्यकर्ताहरुले दुख पाइरहेको तितो यर्थातका उदाहरणहरु प्रशस्त रहेका छन ।मुल्याङकनलाई उच्च स्थानमा राख्न नसक्दा टिकटको खेलमा निर्वाचन हार्ने गरेको कांग्रेसको इतिहासमा यसपटकको अभियानमा देखिनु हुदैन भन्ने आम नेपाली कांग्रेसका कार्यकर्ताको चाहना पनि हो ।नेपाली कांग्रेसले यदी साञ्चै नै स्थानिय देखि केन्द्रिय तहको निर्वाचनमा बहुमत ल्याउने आशा राख्दछ भने टिकटलाई लोकप्रियताको आधारमा प्रदान गरीनु पर्दछ । यो कसरी गर्ने भन्ने प्रश्न पनि कांग्रेसका नेतामा आउनु स्वाभाविक कुरा हो तर यसमा समान्यरुपमा नेपाली कांग्रेसका नेता कर्याकर्ता भन्दा पनि प्राविधिक टिम निर्माण गरी परिचालन गर्नु पर्दछ,यसका विषयमा छलफल गरीनु पर्दछ ।निर्वाचन नजिकै आउँदै गर्दा अझै सम्म नेपाली कांग्रेसले जिल्ला निर्वाचन बल्ल बल्ल सम्पन्न गरेको छ । अझै अन्य विभिन्न समुहहरुसँग निर्वाचनको विषयलाई लिएर छलफल भेटघाट गर्न सकि रहेको छ । आमसभा भन्दा पनि नेपाली कांग्रेसमा अहिले निर्वाचन कस्तो र कस्को लागि हुने भन्ने छलफलको विषय बनाईनु पर्दछ ।अभियानको शुभकामना

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
सिफारिस
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here