spot_img
Sunday, May 19, 2024
Homeब्यानरनरैनापुरमा सक्रिय बन्दै युवा क्लव

नरैनापुरमा सक्रिय बन्दै युवा क्लव

spot_img

पछिल्लो समय बाँकेको नरैनापुर गाउँपालिकामा रहेका युवा क्लव सक्रिय बन्दै गएको पाइएको छ । सक्रिय रुपमा रहेको युवा शनिबार बाँकेमा संचालित किशोर किशोरी प्रजनन स्वास्थ्य परियोजना अन्तर्गत बैठक तथा छलफल कार्यक्रम गरेका छ । बैठकमा स्थानिय योजना तर्जुमा ,बजेट विनियोजन विधि बारे जानकारी प्रदान गराउन र स्थानिय योजना तर्जुमा का विभिन्न ७ चरणका प्रक्रियामा युवाहरुको सक्रिय सहभागिता बढाउनु पर्ने बताइएको थियो ।बैठकमा युवा क्लवले स्थानिय तहमा संचालन गरेका क्रियाकलाप तथा क्लबका सदस्यहरुको सहभागितामा भएको कार्यक्रमहरुका बारेमा सिकाई अदानप्रदान गरीएको युवा क्लवका राजन बर्माले जानकारी दिए । बैठकमा सहभागि युवाहरुलाई विभिन्न समुहमा विभाजन गरी नरैनापुमा रहेका युवाका सवालहरु प्हिचान गरी प्राथामिकिकरण समेत गरीएको थियो । नरैनापुर पालिका स्तरीय युवा क्लव संजालका पदाधिकारीका अनुसार नरैनापुरमा बालविवाह, किशोर किशोरीहरुको प्रजनन् स्वास्थ्य ,छात्राहरुका लागि निःशुल्क स्यानिटरी प्याड, शैक्षिक गुणस्तर सुधार ,स्वास्थ्य संस्थामा सहज र किशोर किशोरी मैत्रीपूर्ण वातावरण ,युवा बेरोजगारी,खेलकूद मौदान,योजना तर्जुमा प्रक्रिमा युवा सहभागिता,घरेलु तथा लैगिंक हिंसा,विद्यालयमा स्वास्थ्य फोकल पर्सन, युवा सूचना केन्द्र, कृषि व्यवसायका लागि बीउ विजन, लागुऔषध दुव्र्यसन,युवा निति लागएतका समस्याहरु रहेको बताएका छन् ।नरैनापुर पालिका स्तरिय युवा क्लब संजालका पदाअधिकारी अनुसार सो समस्याहरु लाई प्रथामिकिकरण गरि विभिन्न कार्यक्रम संचालनका लागि कार्ययोजना समेत निर्माण गरिएको छ । कार्यक्रममा मुना राना,शुशिला सापकोटा,गुलजार अहमद मुकेरी,राजन बर्मा र आशिष बर्मा ले सहजिकरण गरको थिए ।

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
सिफारिस
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here