spot_img
Monday, May 20, 2024
Homeबजारनयाँ भर्नाको तयारी गर्दै जयबागेश्वरी माध्यामिक विद्यालय

नयाँ भर्नाको तयारी गर्दै जयबागेश्वरी माध्यामिक विद्यालय

spot_img

बैशाखलाई नयाँ वर्ष तथा नयाँ भर्नाको मौसमको रुपमा लिने गरेता पनि यतीबेला नेपालगंजमा रहेको जयबागेश्वरी माध्यामिक विद्यालयले नयाँ वर्षको तयारी फागुनको पहिलो साताबाटै गरेको पाइएको छ । विद्यालयका संस्थापक अध्यक्ष विद्यामानराज भण्डारीले अवको शिक्षा नेपाल भित्रका लागि आवश्यक जनशक्ति भन्दा पनि विश्वको आवश्यकतालाई हेरेर शिक्षा प्रदान गर्नु पर्ने बताए । जय बागेश्वरी बाँकेकै पुरानो र अन्तराष्ट्रिय मान्यता प्राप्त गरेको बताउँदै आफुहरुले शिक्षक ,विद्यार्थी ,अभिभावक सबैको सहयोग र सहकार्यबाट शिक्षामा सेवा दिने प्रयास गर्दै आएको बताए ।

यस्तै विद्यार्थीसँग चर्को शुल्क लिनु भन्दा पनि विद्यालयको कोटा अनुसार विद्यार्थी भर्ना गर्ने उदेश्य राखी शनिबार आयोजना गरीएको कार्यक्रममा विद्यालयले विगतदेखी गर्दै आएको प्रगति रिपोर्ट,विद्यालयले गर्दै आएको विभिन्न शैक्षिक तथा अतिरिक्त क्रियाकलाप लगायतको प्रदशनी अभिभावकहरु सामुन्ने सार्वजानिक गरेको विद्यालयका माध्यमिक तहका संयोजक महेश बहादुर पन्त ले जानकारी गराए ।शनिबारका दिन विद्यालयले आफ्ना अभिभावक तथा अन्यलाई नर्सरी देखी लिएर विज्ञान विषयको प्रयोगशाला,कम्युटर कक्षा लगायत विभिन्न विषयका बारेमा प्रदर्शनी मार्फत जानकारी गराएको थियो ।

विद्यालयको कार्यक्रममा अवलोकनमा पुगेका अभिभावक दिपा उपाध्यायले विद्यालयको बारेमा सम्पुर्ण जानकारी प्राप्त भएको र आठ वर्षको अवधीमा अहिले आएर विद्यालयले राम्रो कार्यक्रम गरेकोमा खुशी व्यक्त गरेकी छन । सरस्वती पुजाको अवसरमा नयाँ भर्ना गरीएका विद्यार्थीहरुको नयाँ भर्ना निःशुल्क गरेको विद्यालयले उक्त दिन नाम लेखाएको विद्यार्थीहरुलाई बैशाख सम्मका लागि निःशुल्क शिक्षा दिदै आएको छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
सिफारिस
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here