spot_img
Sunday, May 19, 2024
Homeकला/साहित्यनयनराज पाण्डेको उपन्यास ‘उलार’ अब नाटकमा

नयनराज पाण्डेको उपन्यास ‘उलार’ अब नाटकमा

spot_img

नयनराज पाण्डे लिखित चर्चित उपन्यास ‘उलार’ अब नाटकमा प्रस्तुत हुने भएको छ । वैशाख ६ गतेदेखि टेकुस्थित कौशी थिएटरमा नाटक मञ्चन हुने जनाइएको छ ।
चे शंकरको निर्देशन र परिकल्पनामा नाटक मञ्चन गर्न लागिएको हो । नाटकमा सरिता गिरी, सबिर चुरौट, अरुण शर्मा, सञ्जय गुप्ता, शेखर चापागाईं लगायत मुख्य भूमिकामा छन् । गार्डेन थिएटरले कथा घेरासँग नाटक मञ्चनमा सहकार्य गर्न लागेको हो ।
शंकरको निर्देशनमा यसअघि सेम टाइम नेक्स इयर, लुक ब्याक इन एंगर, तिर्खा, ऊ मरेकी छैन, कोही किन बरबाद होस्, मिस्टर फक्स एण्ड स्कुल ब्वायलगायत नाटक प्रस्तुत भइसकेका छन् ।२५ वर्षअघि प्रकाशित ‘उलार’ नेपालगञ्जको परिवेशमा लेखिएको स्थानीय नागरिकको संघर्षको कथा हो । पाण्डेको महत्वपूर्ण कृतिका रुपमा रहेको यो उपन्यासले उठाएका मुद्दा अहिले पनि नेपाली समाजमा सान्दर्भिक रहेको निर्देशक शंकरको भनाइ छ ।
निर्देशक शंकरका अनुसार नाटक मञ्चनका लागि एक महिनादेखि रिहर्सल गरिएको छ । वैशाख ६ देखि १८ सम्म नाटक मञ्चन हुनेछ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
सिफारिस
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here