spot_img
Wednesday, May 1, 2024
Homeबजारदुई लाख बराबर मुल्यको समान बाँके प्रहरीद्धारा बरामद

दुई लाख बराबर मुल्यको समान बाँके प्रहरीद्धारा बरामद

spot_img

पछिल्लो समय बाँकेको नेपालगंजमा भन्सारबाट अवैध सामान बरामद हुने क्रम बढेको पाइएको छ । इलाका प्रहरी कार्यालय जमुनाका प्रमुख रविन्द्र बम ठकुरी आएपछि भन्सारमा तस्करका सामानहरु अत्याधिक मात्रमा बरामद हुने थालेको स्थानियहरु बताउँछन । यसैक्रममा जिल्ला प्रहरी कार्यालय बाँकेले दिएको जानकारी अनुसार सोमबार पनि विभिन्न अवैध भन्सार छली चोरी निकासी पैठारी गरी ल्याउन लागेको करीब दुई लाख बढिको समान बरामद गरेको बताएको छ ।बाँके नेपालगंज उपमहानगरपालिका वडा नम्बर ५ र वडा नम्बर १६ बाट जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले चेकजाँचका क्रममा भारतबाट अवैध भन्सार छली चोरी निकासी पैठारी गरी ल्याएको विभिन्न सामान जस्तै लेडिज सुट,टायल ,कार्पेट, कस्मेटिक समान सहितको अन्दाजी मुल्य रु दुई लाख दश हजार बराबरको समान बरामद गरेको जिल्ला प्रहरी कार्यालयका प्रमुख तुल बहादुर कार्कीले बताए । यसैगरी समानका साथमा फेला पारीएका मानिस र सवारी साधन सहित आवश्यक कारवाहीका लागि भन्सार कार्यालय नेपालगंज बाँकेमा पठाईएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता नारायण डांगीेले जानकारी दिएका छन

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
सिफारिस
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here