spot_img
Monday, May 20, 2024
Homeब्यानर'तपाइँको मास्क खोई’

‘तपाइँको मास्क खोई’

spot_img

नेपालगन्ज–कोभिड १९ विरुद्ध अनिवार्य मास्क अभियान अन्तर्गत बासले नेपालगन्जको गणेशमान चौकमा तपाइँको मास्क खोई अभियान गरेको छ । अभियान अन्तर्गत बासका पदाधिकारी, कर्मचारी, स्वयम् सेवकसहित विभिन्न संघसंस्थाका प्रतिनिधि, ट्रापिक प्रहरी, नेपाल प्रहरी सहित स्थानीय युवाहरुले स्वस्फूर्त अभियानमा सहभागिता जनाएका थिए । अभियानमा सहभागी युवाले हात हातमा तपाइँको मास्क खोई सन्देशमूलक प्लेकार्ड लिई मास्क नलगाएर ओहोर दोहोर गर्ने सवारी चालक तथा पैदल यात्रुहरुलाई रोकेर मास्क लगाउन अनुरोध गरेका थिए । उक्त अभियान अन्तर्गत मास्क नलगाएका तथा नाक र मुख नछोपिने गरी मास्क लगाएका व्यक्तिलाई मास्क राम्रोसँग लगाउन अनुरोध गरिएको थियो भने मास्क नै नभएका व्यक्तिलाई मास्क उपलब्ध गराएर मास्क लगाएपछि मात्रै छाडिएको थियो । झण्डै एक घण्टा बढी समय सञ्चालन गरिएको उक्त अभियानको क्रममा भेटिएका व्यक्तिसँग मास्क भएको तर खल्तीमा राखेर बिना मास्क हिँड्ने गरेको पाइयो भने कतिपय मजदुरी गर्ने व्यक्तिहरुसँग मास्क नै नभएको पाइयो । पछिल्लो समय कोभिड संक्रमण पुनः बढ्न सक्ने आकलन भइरहेका बेला डिसिसिएमसी बाँके, जिल्ला प्रहरी, ट्राफिक प्रहरी, युनिसेफ नेपाल, बास नेपाल, नेपाल रेडक्रस सोसायटी बाँके, सामुदायिक प्रहरी लगायतले नेपालगन्जमा संयुक्त रुपमा शुक्रबारदेखि अनिवार्य मास्क अभियान सञ्चालन गरेका थिए । सोही अभियान अन्तरगत दैनिक रुपमा अनिवार्य मास्कका बारेमा सचेतनामूलक कार्यक्रमहरु सञ्चालन गरिँदै आएका छन् । बासको संयोजनमा गणेशमान चौकमा भएको अनिवार्य मास्क अभियानमा बासका केन्द्रीय अध्यक्ष रमेश सिटौला, कार्यकारी निर्देशक नमस्कार शाह, ट्राफिक प्रहरी कार्यालय नेपालगन्जका प्रमुख राजु भण्डारी, नेपाल रेडक्रस सोसायटी बाँकेका झविलाल शर्मा, हरित अभियन्ता हेमन्तराम काफ्ले, बासका केन्द्रीय सदस्य खेम बिष्ट, नोरी कुमारी चौधरी, बासका निर्देशक हेमराज भट्ट, बास स्वयम् सेवक संयोजक मुना बिष्ट सहित ३० बढी संघ संस्थाका प्रतिनिधि तथा युवाहरुको सहभागिता रहेको थियो । त्यस्तै नेपालगन्जको ट्राफिक चौक, धम्बोझी चौकलगायत मुख्य चौकहरुमा नेपाल रेडक्रस सोसायटी लगायतका संस्थाहरुले समेत अभियान सञ्चालन गरेका थिए

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
सिफारिस
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here