spot_img
Thursday, May 9, 2024
Homeब्यानरडुडुवा अध्यक्षद्धारा कार्यभार शुरु, आर्थिक खर्च घटाउने पहिलो निर्णय

डुडुवा अध्यक्षद्धारा कार्यभार शुरु, आर्थिक खर्च घटाउने पहिलो निर्णय

spot_img

डुडुवा गाउँपालिकाले आर्थिक भार घटाउन खर्चको कटौती गर्न शुरु गरेको छ । गाउँपालिकाको आन्तरिक स्रोतले भार थेग्न नसकेपछि करार कर्मचारीहरुको कटौती गर्न शुरु गरेको हो ।प्रशासनिक खर्चमा मितव्यीता कायम गर्न आर्थिक खर्चमा कटौती गरेको गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत परशुराम उपाध्यायले बताए । उनका अनुसार करार कर्मचारीहरुमध्ये कार्य सम्पादन क्षमता कमजोर भएका कर्मचारीहरुको सम्झौता अन्त्य गर्ने नितिगत निर्णय गरेका छन ।
कार्यभार सम्हाल्दै गाउँपालिका अध्यक्ष नरेन्द्र कुमार चौधरीले गाउँपालिकाको आर्थिक भार कम गर्न खर्च कटौती गर्ने नितिगत निर्णय गरेका छन । खर्च कटौतीसंगै गाउँपालिकाको आन्तरिक स्रोत बृद्धिका लागि आवश्यक पहल गर्ने भन्दै अध्यक्ष चौधरीले गाउँपालिकाका सम्पुर्ण नागरिकहरुलाई धन्यवाद ज्ञापन गर्दै जनताको सेवामा सधै खटने प्रतिबद्धता व्यक्त गरे । दोस्रो कार्यकालका लागि पुनः निर्वाचित अध्यक्ष चौधरीले गाउँपालिकाले सेवाको गुणस्तरियता, तथा प्रभावकारी सेवा प्रवाहमा कुनैपनि कन्जुस्याई नगर्ने स्पष्ट पारे ।
डुडुवा गाउँपालिकाका नवनिर्वाचित अध्यक्ष नरेन्द्र कुमार चौधरी र उपाध्यक्ष शाहिदा बानोले बुधबारदेखि कार्यभार सम्हालेका हुन । गाउँपालिकामा आयोजित एक समारोहका विच अध्यक्ष चौधरी र उपाध्यक्ष बानोले कार्यभारको जिम्मेवारी बहन गरेका छन । गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत परशुराम उपाध्याय, लेखा अधिकृत रामबहादुर केसी, प्राविधिक प्रमुख लगायतका कर्मचारीहरुले अध्यक्ष र उपाध्यक्षलाई फुलमाला र खादाले स्वागत गरेका थिए । 
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
सिफारिस
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here