spot_img
Monday, May 20, 2024
Homeब्यानरडा प्रकाश नागको क्लिनिकमा लफडा, बिरामीका आफन्तमाथि हातपात गर्ने कर्मचारी प्रहरी नियन्त्रणमा

डा प्रकाश नागको क्लिनिकमा लफडा, बिरामीका आफन्तमाथि हातपात गर्ने कर्मचारी प्रहरी नियन्त्रणमा

spot_img

बाँके जिल्ला नेपालगंज उपमहानगरपालिका नेपालगन्ज विपी चोकस्थित यश क्लिनिकमा लफडा भएको छ । डा प्रकाश नागले संचालन गरेको उक्त क्लिनिकमा बिरामीका आफन्तमाथि क्लिनिकका कर्मचारीले हातपात गरेको पीडितले आरोप लगाएका छन् ।क्लिनिकमा उपचारका लागि पुग्नुभएकी बैजनाथ गाउँपालिका ६ सम्झनाकी दिलसरा बिसीका भाइ रवीमाथि क्लिनिकमा कार्यरत कर्मचारी श्रवण कुर्मीले हातपात गरेको पीडितका आफन्तले आरोप लगाएका छन् ।श्रवणलाई जिल्ला प्रहरी कार्यालय बाँकेको हिरासतमा राखेर थप अनुसन्धान भइरहेको बाँकेका डिएसपी मधुसुदन न्यौपानेले जानकारी दिनुभयो ।रवीले छिटो बिरामी चेकजाँच गरिदिनु पर्यो भन्ने र श्रवणले एकछिन पर्खनुस् भन्ने बिषयमा भनाभन हुँदा श्रवणले रवीमाथि धम्कामुक्का गरेको प्रारम्भिक जानकारी आएको प्रहरीले जनाएको छ ।डा नागले भने बिरामीको संख्या धेरै भएकाले केहीबेर पालो पर्खिन गरिएको आग्रहमा जवरजस्त गर्दा कर्मचारीबाट रोक्ने प्रयास भएको बताउनुभयो । सामान्य असमझारीका कारण केहीबेर तनाव सिर्जना भएको उहाँले स्विकार गर्नुभयो ।बिरामीका आफन्तले डाक्टर बस्ने क्याविनको टेवलको सिसा फुटाइदिएको बताइएको छ ।दिलसरालाई असोज १९ गते ज्वरोको उपचार गराउन क्लिनिकमा लगिएको थियो । फ्लोअप जाँचका लागि डा. नागले दिलसरालाई बोलाउनुभएको थियो ।‘रवीमाथि हातपात भएको सीसीटिभि फुटेजमा देख्न सकिन्छ भन्ने कुरा आएको छ, डिएसपी न्यौपानेले भन्नुभयो(‘भोलि सिसिटिभी फुटेजको अध्ययन गरिने छ ।’रवीको खुट्टामा चोट लागेको आफुलाई जानकारी नभएको उहाँको भनाइ छ ।स्रोत स्वास्थ्य पेज

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
सिफारिस
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here