spot_img
Thursday, May 9, 2024
Homeकला/साहित्यज्योती मगरले नेपालगन्ज तताईन

ज्योती मगरले नेपालगन्ज तताईन

spot_img

उसै त बढ्दै गएको नेपालगन्जको तापक्रम त्यसैमा गायिका ज्योती मगरको बेजोड प्रस्तुतीले नेपालगन्जको वाटरपार्क बिहीबार तातियो ।
नेपालगन्जमा मङ्गलबारदेखि सुरु भएको सातौँ प्रादेशिक औद्योगिक लघु, घरेलु तथा कृषि, व्यापार एवम् पर्यटन महोत्सवको तेस्रो दिन ज्योती मगरको बेजोड प्रस्तुतीले महोत्सव स्थल तातिएको हो ।
‘मेहनत सृजना उत्पादन र बस्तुः मेरै नेपालको’ भन्ने मूल नाराका साथ सञ्चालित महोत्सवमा गायिका ज्योती मगरले आफ्नो प्रस्तुती राख्दा उपस्थित दर्शकको भीड थामिनसक्नु भयो ।
ज्योती मगरले आफ्ना चर्चित गितहरु गाएर दर्शकलाई मन्त्रमुग्ध पार्नुका साथै नेपालगन्जको माहोल तताइन् । उनले गाएको हरेका गितमा दर्शकहरुको उत्साहजनक उपस्थिती रह्यो ।
ज्योती मगरका साथ दोस्रो दिन गायक कमल विसी ‘माल्दाई’ र सपना शाहीको समेत बेजोड प्रस्तुती रह्यो । गायक कमल विसी तथा गायिका सपना शाहीले आफ्ना चर्चित गितहरु गाएर दर्शकलाई नचाए ।
राती ८ बजेसम्म चल्ने महोत्सवको सांगातिक कार्यक्रम कुनै कन्र्सट भन्दा कम थिएन । डिजे लाईट र दमदमार साउण्ड सिस्टमका साथ कलाकारले आफ्नो प्रस्तुती राख्दा कन्र्सट आयोजना गरिएको धम्बोझीका स्थानीय सन्तोष गुरुङले बताए ।
महोत्सवमा पुरुषोत्तम सापकोटा र रुपा घर्तीमगरको जोडीले सञ्चालन गरेको थियो । विहान ११ बजेदेखि स्थानीय कलाकारको प्रस्तुती रहनेछ भने दिउँसो २ बजेपछि राष्ट्रिय कलाकारको प्रस्तुती रहनेछ ।
नेपाल घरेलु तथा साना उद्योग महासंघ जिल्ला कार्यसमिति (महिला उद्यमी समिति) बाँकेको आयोजना, महासंघ नेपालगन्ज नगरसमितिको सहआयोजक रहेको महोत्सवलाई मुख्य प्रायोजक होटल बाटिका, प्रायोजक नेपाल टेलिकम र संरक्षकमा नेपालगन्ज उपमहानगरपालिका रहेकोछ ।
चैत १८ गतेसम्म सञ्चालन हुने महोत्सवका समयमा होली पर्ने भएकाले चैत १२ गते होली उत्सव कार्यक्रम राखिएको छ । होली उत्सवका दिन नेपाली सिने जगतका ख्याती प्राप्त कलाकार पल शाहलाई आमन्त्रण गरिएको छ ।
तराई क्षेत्रमा गर्मी बढ्न थालेको अवस्थालाई ध्यानमा राखेर महोत्सव साँझ ८ बजेसम्म सञ्चालन हुने जनाइएको छ । महोत्सवमा रु दुई करोड बढीको कारोबार तथा दुई लाख बढी दर्शक अवलोकन गर्न आउने अपेक्षा गरिएको छ ।
महासंघ बाँकेका अध्यक्ष मधुकुमारी खड्काका अनुसार महोत्सवमा १७५ स्टल बुक भइसकेका छन् । जसमध्ये व्यवसायिकका ९०, घरेलुका ५०, प्रायोजकका ८, थारु गाउँका १२ र होटल सम्बन्धि १५ स्टल रहेका छन् । महोत्सव अवलोकनका लागि टिकटको मूल्य रु १०० राखिएको छ । विद्यार्थीहरुका लागि ५० प्रतिशत छुटको व्यवस्था गरिएको छ ।
यसैबीच, महोत्सवको तेस्रो दिन शुक्रबार टंक तिमिल्सिना, एमटी महर, सृजना खत्री र करिश्मा ढकालको बेजोड प्रस्तुती रहने प्रचारप्रसार संयोजक इन्द्र बहादुर खत्रीले जानकारी दिए।

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
सिफारिस
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here