spot_img
Monday, May 20, 2024
Homeकला/साहित्यज्ञान मिसेज नेपालगंजको फाइनल भदौ ११ गते

ज्ञान मिसेज नेपालगंजको फाइनल भदौ ११ गते

spot_img

नेपाली हिन्दु नारीहरु त्यसमा पनि गृहणी नारीहरुको महत्व तथा सम्मानका लागि बाँकेको नेपालगंजमा भदौ दुईबाट अडिशन गरी संचालन गरीएको ज्ञान मिसेज नेपालगंजको फाइनल भदौ ११ गते हुने भएको छ । हिन्दु नारीहरुको महान पर्व हरितालिका तिजको अवसरमा आयोजना गरिएको तिज नृत्य प्रतियोगितासँगै फेसन सो र ज्ञान मिसेज नेपालगंजको फाइन ११ बाँकेको नेपालगंजमा हुने भएको हो । भदौ ११ गते हुने अन्तिम प्रतिस्पर्धालाई भव्य र सव्य बनाउने उदेश्यले नेपालगंजमा आयोजना गरीएको पत्रकार सम्मेलनलाई सम्बोधन गर्दे कार्यक्रमका संयोजक तथा वरिष्ठ कलाकार सुन्दर गुरुङले बाँकेका प्रतिभावान गृहणी महिलाहरुलाई आफ्नो प्रतिभालाई बाहिर ल्याउनका लागि यस प्रकारको कार्यक्रमको आयोजना गरीएको बताए । कलाकार गुरुङले भने,“हामीले नेपालगंज,कोहलपुर र खजुराबाट प्रतिस्पर्धिहरुको छनौट गरेको हौ,हामी निकै खुशी छौ,यहाँहरुको सहभागिता देखेर ,हामीले नृत्य प्रतियोगिता मात्र नभै विभिन्न कलाहरु समेतको प्रशिक्षण गरेका छौ ।” कार्यक्रमका संयोजक गुरुङले कार्यक्रमले विवाहित महिलाहरुको महत्व समेत झल्काउने बताए । स्थानिय स्तरमा रहेर विभिन्न विधाहरुको बारेमा समचार र सुचना प्रसारण गर्दे आएको जी नेपाल फोरके टेलिभिजनको पहिलो प्रस्तुतिको रुपमा रहेका कार्यक्रममा टेलिभिजनका प्रमुख आशिष गुप्ताले कार्यक्रम संचालनको पुर्वसन्ध्यामा नगरी अन्तिम छनौट चरणमा पत्रकार सम्मेलन गरेको भएता पनि बाँकेका स्थानिय पत्रपत्रिका,अनलाईन तथा रेडियो ,टेलिभिजनले कार्यक्रमका बारेमा समाचार प्रसारण गरी सहयोग गरेकोमा सबैमा धन्यवाद समेत दिएका थिए । उनले स्थानिय तहमा काठमाडौ बाहिर यस प्रकारको कार्यक्रम गर्न गइरहेको हुदाँ सबैको सहयोग हुदाँ थप हौसला प्रदान गरको बताए ।गृहणी महिलाहरुका लागि तीज विशेष कार्यक्रम,तीज नृत्य÷फेशन शोका नामले सुरु गरीएको ज्ञान मिसेज नेपालगंजमा पछिल्लो चरणमा अन्तिम छनौटका लागि ११ जना परेका छन । प्रतियोगिताको अडिसनबाट छनौट भएका २१ प्रतिस्पर्धिहरु मध्येबाट ११ जना छनौटमा परेका हुन । अवधि मिडिया ग्रुप प्रा।लि। द्धारा सञ्चालित जी नेपाल फोरके टेलिभिजनको आयोजनामा गरिएको उक्त प्रतियोगिताको फाईनलमा नायिका करिश्मा मानन्धर , पुर्व मिस नेपाल सदिक्षा श्रेष्ठ सहभागि हुने टिलिभिजनका प्रमुख गुप्ताले जानकारी दिए । प्रतियोगितामा नृत्य र फेसन संगै ज्ञान मिसेज नेपालगञ्ज बिधाका फस्ट रनरअपले ५१ हजार , सेकेन्ड रनरअपले ३१ हजार, थर्ड रनरअपले २१ हजार पुरस्कार र गिफ्ट ह्याम्पर पाउनेछन् । यो सबैभन्दा ठुलो राशीको पुरस्कारको प्रतियोगिता भएको आयोजकले दावी रहेका छ। टेलिभिजनका प्रतिनिधि कृष्णा देवि पाण्डेले सहजीकरण गरेको पत्रकार सम्मेलनमा अवधि फिल्ममा खेल्ने पहिलो हिरो तथा नेपाल शिक्षक संघ बाँक अध्यक्ष विरेन्द्र कुमार यादव,वरिष्ठ पत्रकार शिव डोटेल,कलाकार जिनुहक जेहेरुल लगायतको उपस्थिति रहेको थियो ।

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
सिफारिस
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here