spot_img
Monday, May 20, 2024
Homeखेलकुदजिल्ला स्तरीय प्रथम स्व.राम निवास यादव स्मृती आई.टि.एफ. तेक्वान्दो प्रतियोगिता सम्पन्न

जिल्ला स्तरीय प्रथम स्व.राम निवास यादव स्मृती आई.टि.एफ. तेक्वान्दो प्रतियोगिता सम्पन्न

spot_img

बाँके जिल्ला स्तरीय प्रथम स्व. राम निवास यादव स्मृती आई.टि.एफ. तेक्वान्दो प्रतियोगिता जनकी गाँउपालिकामा भब्य रुपमा सम्पन्न भएको छ ।नेपाल अन्तराष्ट्रिय तेक्वान्दो संघको अधिनमा रहेको जानकी गाँउपालिका आई.टि.एफ तेक्वान्दो डोजाङ्गको आयोजनामा शुक्रबार र शनिवार बाँके जिल्ला स्तरीय प्रथम स्व. राम निवास यादव स्मृती आई.टि.एफ. तेक्वान्दो प्रतियोगितामा बाँके भर संचालनमा रहेका १० वटा डोजाङ्गबाट जम्मा जम्मी ३०० खेलाडीहरुको सहभागिता रहेको आयोजकले जनाएको छ ।पुरुष तर्फ १५ देखि २० केजि तौैल भएका प्रतिस्पर्धीहरुमा आयुष सुनारले गोल्ड मेडल हासिल गरेका छन भने रितेस सुनार द्वितीय, सिजन तेस्रो र प्रखट गिरीले चौथौ स्थिान हासिल गरेका छन ।यस्तै, २० देखि २५ केजि तौल भएका प्रतिस्पर्धीमा प्रम पंडित, २५ देखि ३० केजि मध्ये संकर रानाले गोल्ड मेडल हासिल गरेका छन ।यस्तै महिला तर्फ ३५ देखि ४० केजि तौल भएका स्रिया खत्रीले गोल्ड मेडल हासिल गरेकी छन । ३० देखि ३५ केजि तौल भएका प्रतिस्पर्धी मध्ये रेविका पुन, १५ देखि २० केजि तौल भएका महिला मध्ये रैका चौधरी, २० देखि २५ मध्ये पुणर्िमा सुनार, २५ देखि ३० मा अनुस्का सुनार, ४० देखि ४५ मध्ये सिल्पा बिसी, ४५ देखि ५० मा प्रकिस्टी सुनार, ५० देखि ५५ मा रेस्मा ढडेल, ५५ देखि ६० मा टिका बुढा, ६० देखि ६५ मा सुमिना थारु र ६५ देखि ७० मा जुनु बुढा मगरले गोल्ड मेडल हासिल गरेकी छन ।प्रतियोगितामा ५० जना अफिसियल र भोलेन्टरको समेत उपस्थिति रहेका थिए । उक्त प्रतियोगितमा पुरुष तथा महिलाको २० के.जि. देखि ७५ के।जि। सम्माको तौल समूहमा प्रतियोगिता भएको संयोजक जगदिस प्रशाद यादवले जानकारी दिए ।जानकी गाँउपालिका स्थित श्री जानकी माध्यमिक विद्यालयको प्राङ्गणमा भएको प्रतियोगितामा २४ वटा गोल्ड, २४ वटा सिल्भर तथा ४८ वटा कास्य पदकका लागि खेलाडीहरु प्रतिस्पर्धा गरेका छन ।प्रतियोगितामा खेलाडीहरुलाई खाजा तथा खानाको व्यवस्था आयोजकले नै गरेको आई.टि.एफ. महासंघका केन्द्रिय सदस्य होम सुनारले बताए । उनका अनुसार प्रतियोगिताको अनुमानित लागत ६ लाख ७९ हजार प्रतियोगिता गरिएको हो ।उनले भने, ‘प्रतियोगितमा लाग्ने लागत खर्च स्थानिय निकाय तथा नेपाल आई.टि.एफ.तेक्वान्दो महासंघको मातहात रहेको बाँके जिल्ला आई.टि.एफ. तेक्वान्दो संघमा संञ्चालित जानकी आई.टि.एफ.तेक्वान्दो संघले व्यहोरेको छ ।’प्रतियोगितको प्रमुख अतिथि स्व।राम निवास यादवका छोरा हिमान्शु यादव उद्धघाटन गरेका थिए भने भने समापन समारोहका प्रमुख अतिथि जनकी गाँउपालिकाकी कार्यवाहक अध्यक्ष भुमिसरा धितालले गरेकी नेपाल तेक्वान्दो संघ नेपाल बाँके जिल्ला अध्यक्ष रंजित गिरीले बताए ।स्व.राम निवास यादव एमाले पार्टीबाट जानकी गाँउपालिकाको अध्यक्षमा निर्वाचित भएका थिए । उनको निधन पश्चात कार्यवाहक अध्यक्षको रुपमा धितालले जिम्मेवारी पाएकी थिईन ।

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
सिफारिस
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here