spot_img
Monday, May 20, 2024
Homeब्यानरजनप्रतिनिधिहरुले मान्छे हेरेर व्यवहार गर्नु हुदैन ःडिएल केन्द्रिय सदस्य लोक बहादुर शाह

जनप्रतिनिधिहरुले मान्छे हेरेर व्यवहार गर्नु हुदैन ःडिएल केन्द्रिय सदस्य लोक बहादुर शाह

spot_img

प्रजातन्त्र तथा लोकतन्त्रवादी कानुन व्यवसायीसंघका केन्द्रिय सदस्य एवं अधिवक्त लोकबहादुर शाहले जनप्रतिनिधिहरु जनताको सेवामा मुस्कान सहित सबैलाई समान व्यवहार गर्नु पर्ने बताएका छन । बाँकेको नेपालगंजमा नेपाली कांग्रेस बाँकेद्धारा आयोजित नेपाली कांग्रेसबाट निर्वाचित जनप्रतिनिधि तथा उम्मेदवारहरुको परामर्श तथा समन्वयात्मक कार्यक्रमको प्रमुख वक्ताको रुपमा बोल्दै उक्त कुरा बताएका हुन ।अधिवक्ता लोक बहादुर शाहले जनप्रतिनिधिहरुको काम ,कर्तव्य र अधिकारका विषयमा भनी रहदाँ जनप्रतिनिधिहरुले अधिकारका विषयमा मात्रै चासो दिदाँ अन्य विषय ओझेलमा परेको र जनतामुखी काम नभएको बताए । अधिवक्ता शाहले राजनिति भनेको शुद्ध सामाजिक सेवा भएको हुदाँ यसलाई व्यवसायीकरण गर्न नहुने समेत बताएका छन ।पार्टिको सिद्धान्त ,जनताको चहाना तथा राष्ट्र,समाज निमार्णको लागि जनप्रतिनिधिहरु लाग्नु पर्नेमा ठिक उल्टो हुदाँ समाज कता जादै छ भन्ने चिन्ता समेत जाग्न थालेको अधिवक्ता शाहले बताए ।राजनिति भन्नाले संविधान,कानुन तथा पार्टिको सिद्धान्त प्रति बफादार हुनु पनि हो । हरेक विजयीहरुको आफ्नो एक मात्र मत हो उसले पाउने बाकी मत उसको पार्टि प्रतिको योगदान,परिवार प्रतिको योगदान,समाजप्रतिको योगदानको आधारमा पाएको हो भन्दै अधिवक्ता शाहले जनप्रतिनिधिहरुले आफ्नो आचारण शुद्ध बनाउनु पर्ने बताए ।यसैगरी अधिबक्ता शाहले स्थानिय सरकारका प्रतिनिधिहरुले चिया गफ गर्नु भन्दा अध्ययन गर्नु पर्ने बताए ।आफुले पाएका काम कर्तव्य र अधिकार,संविधानमा उल्लेख गरेको विषय र पार्टिको विधानका विषयमा अध्ययन गर्नु अधिवक्ता शाहले बताए ।जनप्रतिनिधिहरु तथा राजनितिक दलका नेता तथा कार्यकर्ताले अध्ययन गर्नु पर्ने अधिवक्ता शाहले बताए ।उनले जनप्रतिनिधिहरुले मान्छे हेरेर व्यवहार गर्न नहुने समेत बताएका छन ।

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
सिफारिस
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here