spot_img
Thursday, May 9, 2024
Homeब्यानर‘जनताको साथमा कांग्रेस’ अभियान सफल बनाउन दृढ र प्रतिवद्ध बाँके कांग्रेस

‘जनताको साथमा कांग्रेस’ अभियान सफल बनाउन दृढ र प्रतिवद्ध बाँके कांग्रेस

spot_img

नेपाली कांग्रेसले भदौं १० गतेदेखी २४ गतेसम्म पहिलो चरणको चुनाव लक्षित अभियानलाई सफल बनाउन दृढ र प्रतिवद्ध रहेको बाँके कांग्रेसले जनाएको छ । कांग्रेस बाँकेले शुक्रबार आयोजना गरेको पत्रकार भेटघाटमा जिल्ला सभापति नारायणप्रसाद गौडेलले ‘जनताको साथमा कांग्रेस’ नामक अभियानमा जिल्ला कार्यसमिति बाँकेले समन्वय, अनुगमन र नेतृत्व गर्ने बताए ।
उनका अनुसार हरेक क्षेत्रका लागि अभियानको कार्ययोजना तय गर्न क्षेत्रीय कार्यसमिति, प्रदेश क्षेत्रीय समिति र पालिका समितिसँग आवश्यक समन्वय गर्नेछ । सभापति गौडेलले आसन्न प्रतिनिधी सभा र प्रदेश सभा निर्वाचनमा पार्टी एक्लै लड्न सक्षम रहेको बताए । मंसिर ४ गते हुने प्रतिनिधी सभा र प्रदेश सभाको निर्वाचनमा पनि सुखद नतिजा हात पार्ने अर्जुनदृष्टिका साथ नेपाली कांग्रेस बाँके अघि बढेको उनको भनाई छ ।
तीन वटै प्रतिनिधी सभा निर्वाचन क्षेत्र र ६ वटा प्रदेश सभा निर्वाचन क्षेत्रमा कांग्रेस एक्लै प्रतिस्पर्धा गरेर जीत हासिल गर्न सक्षम छ, त्यसै अनुरुप नेपाली कांग्रेस बाँके तयारीमा पनि जुटेको छ, तर केन्द्रीय कार्यसमितिले सत्तारुढ दलहरुका बीचमा चुनावी तालमेल गरेर जाने गरी निर्णय गरिसकेको अवस्थामा त्यसको कार्यान्वयन हुने अवस्था आए केन्द्रको निर्देशन अनुसार अघि बढ्न नेपाली कांग्रेस बाँके प्रतिबद्ध छ,’ जारी प्रेस नोटमा उल्लेख छ ।यसैगरी पत्रकार भेटघाटमा बाँके नेपाली कांग्रेसले कान्तिपुरकर्मी जे.पाण्डेलाई कान्तिपुर टेलिभिजनमा वरिष्ठ उपसम्पादकमा बढुवा भएकोमा सम्मान गरेको थियो ।
पत्रकार भेटघाटमा पार्टीका नेताहरु, कांग्रेस बाँकेका कार्यसमिति, पदाधिकारी लगायतको उपस्थिती रहेको थियो । पत्रकार भेटघाट सञ्चालन कांग्रेस बाँकेका सचिव सुधान्सु कोइरालाले गरेका थिए ।

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
सिफारिस
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here