spot_img
Monday, May 20, 2024
Homeकला/साहित्यचलचित्र पत्रकार संघ नेपाल बाँके शाखाको अध्यक्षमा रामचन्द्र

चलचित्र पत्रकार संघ नेपाल बाँके शाखाको अध्यक्षमा रामचन्द्र

spot_img

विगत लामो सयम देखि क्रियाशिल नरहेको चलचित्र पत्रकार संघ बाँके शाखा चलचित्र पत्रकार रामचन्द्र पौडेलको आगमन पछि क्रियाशिल हुने बताइएको छ ।आइतबार भएको भेलाले चलचित्र पत्रकार पौडेललाई संघको अध्यक्ष सहित ११ सदस्यीय कार्यसमितिको बाँके साखा पुनर्गठन भएसगै निस्क्रिय रहेको संघ क्रियाशिल हुने आशा पलाएको हो ।नयाँ गठन भएको समितिमा लामो समय देखि पत्रकारीकताको क्षेत्रमा क्रियाशिल पत्रकारको पदाधिकारी तथा सदस्यता रहेका छन। चलचित्र पत्रकार संघ नेपालका महासचिव समीर बलामीको उपस्थितिमा चलचित्र पत्रकार पौडेलको अध्यक्षतामा बाँके शाखा पुनर्गठन गरीएको हो ।संघको उपाध्यक्षमा नेपाल प्र्रेस युनियन बाँके शाखाका उपाध्यक्ष तथा नेपालगंज ग्यालरीका प्रतिनिधि समिरमान श्रेष्ठ,सचिवमा कालपृष्ठ दैनिकका बिक्रम बुढाक्षेत्री,सदलाइन डटकमकी लक्ष्मी तिमिल्सेना,यसैगरी पत्रकार निशु जोशी चयन भएको नवगठित संघका सचिव बुढाक्षेत्रीले जानकारी दिएका छन । यसैगरी सदस्यहरुमा नेपाल पत्रकार महासंघ बाँके शाखा का सदस्य मोहम्मद जावेद हलवाई,पत्रकार ज्ञानु संगम खड्का, रामप्रसाद आचार्य,रजनी योगी र सावित्री विश्वकर्मा चयन भएका छन ।संघले तीन सदस्यीय सल्लाकार समिति समेत गठन गरेको छ जसमा स्थानिय सिनेमा घर क्युएफएक्सका प्रबन्धक सन्जिव शाक्य,गणेश विक र कमल खत्री रहेको संयोजक पौडेलले जानकरी दिए ।वि.स.२०७५ सालमा स्थापना भएको बाँके शाखामा अध्यक्ष गणेश विकको व्यस्तताका कारण क्रियाशिल हुन नसकेको हुदाँ पुनर्गठन गरीएको चलचित्र पत्रकार संघका महासचिव बलामीको प्रतिक्रिया रहेको थियो ।बाँके शाखाका नव गठित चलचित्र संघका अध्यक्ष पौडेलले आफ्नो जिम्मेवारीमा खरो उत्रिने प्रतिवद्धता समेत दिएका छन ।शाखाको पुनर्गठन कार्यक्रममा नेपाल चलचित्र पत्रकार संघ नेपालका महासचिव बलामीका अलवा क्युएफएक्स सिनेमाज बागेश्वरी नेपालगन्जका प्रबन्धक सन्जिव शाक्य, फोनिज बाँकेका अध्यक्ष भगतराम थारु लगायत पुरानो कार्यसमितिका पदाधिकारी एवम् बाँकेका चलचित्र पत्रकारहरुको समेत उपस्थिति रहेको थियो।

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
सिफारिस
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here